टालटुल गर्दैमा रवि हैरान

राजनीति समाचार

काठमाडौं । आफ्नै घरातल विवादित र कानून विपरितका गतिविधिले वौद्धिक वर्गलाई प्रभावमा पार्न नसकेको रास्वपाले बिनाकुनै सैद्धान्तिक र वैचारिक बहस पार्टीमा भित्र्याएका कुलमान एकताको १२ औं दिनमा भॉडिएका छन् । पुराना दलहरूको भ्रष्ट चरित्र र कमिशनमुखी शैलीको फाइदा लिँदै उज्यालो नेपाल पार्टीवाट उदाएका कुलमानलाई आफू प्रधानमन्त्रीको उम्मेदवार बन्न चाहेका थिए । कुलमानले चुनाव गराउन नागरिक सरकारको ठूलो बजेट भएका भौतिक पूर्वाधार, सहरी विकास, उर्जा तथा सिंचाई मन्त्रालय लिए र हल्ला चलाएका थिए । ठेक्का लिने, काम नगर्ने र हरेक बर्ष बजेट बढाउने खन्चुवाहरुको ठेक्का तोडेर नयाँ ठेक्का नलगाउँदै उज्यालो पार्टी खाडा गरी अध्यक्ष भएपछि मन्त्री पदबाट राजीनामा दिएका हुन ।

पुराना दलको विकल्यको रुपमा खडा भएको रास्वपाप्रतिको जनलहरमा कुलमान र बालनको प्रवेशले हलचल ल्यायो । तर त्यो प्रवेश टिकेन । कुलमानको धरातल नभए पनि १८ घण्टे लोड सेडिडा हँुदाको सरकारको साथ विर्सिएर र आफैले अन्धकारबाट देशलाई मुक्त गरेको दावी गर्न पछि परेनन् । जसल क्षेमता देखाउन कूलमानलाई मौका दियो, जुनपार्टीले दिएका जातजाति र आदीवासीको हितमा काम ग¥यो, त्यही कामले कुलमान उदाए, त्यही समूहलाई त्यागेर रास्वपा र वालेने जस्ता पार्टीको सिद्धान्त, नीति र कार्यक्रम नभएकाहरु सँग पार्टी एकता गर्दा उपाध्यक्ष पदमा राजी भएका थिए । तर, उनी सहभागी हुँदाको त्यो १२ दिनसम्म रास्वयाको पदाधिकारी बैठकसमेत बसेन । कुलमान प्रधान मन्त्रीको दावेदार थिए । तर उनलाई कसैले पत्याएनन् । उज्यालो नेपाल पार्टी त उनले खोल त्यो पार्टी गाउँठाउ पुग्न नपाउँदै भत्केको छ ।

अव रास्वपाको योजना कस्तो हुन्छ भन्ने एकिन छैन् । पहिले के थियो र अहिले के छ भनेर अपेक्षा गर्ने ? सहकारी ठगी कान्डको आरोपमा अदालतमा मुद्दा छ । एउटै मुद्दा ५ ठाउँमा दर्ता गरेर सम्पति शुद्धिकरणसम्म लगेर चमत्कार गर्ने केपी ओली, डा. अआरजू राणा र गगन थापालाई रवि लामिछाने बन्दी जीवनबाट छुटेर आएपछि असर परेको छ । जेलमा बन्दीले पाउने हकसमेत प्राप्त नहुँदा नरकीय जेल बसेका रविलाई कम्यनिष्टका नानमा ओली सरकारले. दिएको नरकिय पिडा पर्दाफास हुँदा केपी ओलीको राजनीति भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ ।
रविले भ्रष्टहरूको भण्डाफोर गरेका छन, भाद्र २३ को र २४ जेन्जी आन्दोलनले सरकार नै ढालिदियो । रास्वपाले आफ्नो धरातल बनाएको छ ।

त्यहाँ वालेनको प्रवेशले हौसला थपेको हुन सक्छ । तर त्यो रास्वपाले एक्लै सरकार बनाउन १३८ सिट पु¥याउन कठिन छ । कुलमानको रास्वपा प्रवेशले हल्ला चलायो । तर, उनको धरातल थिएन (चुनाव जित्न काठमाण्डौ ३ मा कार्यालय खोलेका कुलमानलाई काग्रेस र एमालेले त सघाउँदैनन् । उनले नेपाली कम्युनिष्ट पार्टीको साथ लिए भने चुनाव जित्न सक्ने अवस्था छ । एक्लै हिँडे भने कुलमानलाई तीन ठूला दलले थान्को लगाउने निश्चित छ । घिसिङ्गले उपाध्यक्ष पाएकै थिए । महामन्त्री पदको बार्गेनिङ थियो । संगठन नभएको उज्यालो नेपाल पार्टीले पद मात्र खोज्दा रास्वपाले दिँदै जाँदा भोली वालेनले पनि त्यही बाटो न रोज्लान् भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *