वैदेशिक रोजगार विभागमा आफन्तको भीड, काम सून्य

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुले महिलाहरुलाई प्राथमिकता दिन थालेपछि राष्ट्रपति, प्रधान न्यायाधीश, प्रधानमन्त्री र मुख्यसचिवसमेत हुन नेपाली महिला सफल भएका छन् । राज्यको जिम्मेवार निकायमा पहुँचवाला र धनाढ्य महिलाले अवसर पाए तापनि सर्वसाधारण महिला झन् प्रताडित भएका छन् । घरेलु हिंसा, वैवाहिक हिंसा, बोक्सीको आरोपदेखि वैदेशिक रोजगारीमा समेत सर्वसाधारण महिला प्रताडित हुने गरेका छन् । सबै खाले अन्यायविरुद्ध छेडिएको जेनजी आन्दोलनपछि पूर्वप्रधान न्यायाधीश शुशिला कार्की प्रधानमन्त्री बनेकी छिन् । कार्की प्रधानमन्त्री बनेपछि पनि वैदेशिक रोजगारीमा जाने महिलाको संख्या त्यत्तिकै बढेको छ । महिला प्रधानमन्त्री भएकै कारण वैदेशिक रोजगार विभागमा पनि महिला कर्मचारीलाई प्राथमिकता दिइएको छ ।

विभागको महानिर्देशक मिरा आचार्यलाई बनाइएको छ भने प्रशासन शाखा र संस्था दर्ता शाखामा महानिर्देशककै आफन्त वृन्दा आचार्यलाई ल्याइएको छ । त्यसैगरी महानिर्देशक आचार्यले भाइ नाताका किरण आचार्य आफ्नो सचिवालयको पिए राख्ने गरी विभागमा भित्र्याएकी छिन् । किरण आचार्य तत्कालीन महानिर्देशक सूर्य बहादुर खत्री हुँदा पनि वैदेशिक रोजगार विभागमा बसेर अकुत सम्पत्ति आर्जन गरेका व्यक्ति हुन् । त्यतिबेला आचार्यलाई ७० लाख घोटला गरेको आरोप लागेको थियो । तीनै आरोपी आचार्यलाई महानिर्देशक आचार्यले पुरस्कृत गरेकी छिन् । अन्य शाखाहरुमा पनि महिला कर्मचारीहरुलाई प्राथमिकता दिने तयारी गरिँदै छ । वैदेशिक रोजगार विभागमा सुधार गर्ने भनेर महिला कर्मचारीलाई महानिर्देशक बनाइए तापनि भ्रष्टाचारको शृंखला झन् बढ्दै गएको छ । वैदेशिक रोजगारीमा महिलाहरु ठगिने क्रम पनि झन् बढ्दै छ ।

वैदेशिक रोजगार क्षेत्रको अनुभव नभएका व्यक्तिहरुलाई सोझै अन्यत्रबाट सरुवा गरेर महानिर्देशक बनाएपछि म्यानपावर कम्पनीहरु झनभुल्लमा परेका छन् । कतिपय म्यानपावर व्यवसायीहरुले राम्रो काम गर्न खोज्दा पनि रोक्ने काम हुन थालेको छ । त्योसँगै कपियत विदेश जाने नेपालीहरुको भिसा गुम्ने र प्लेन टिकट खेरा जाने गरेको बताइन्छ । विभागको अन्तिम स्वीकृति शाखामा खिलराज राई रहेका छन् भने अनुगमन तथा जीटुटी शाखामा राजेश्वरी सापकोटा र प्रशासन तथा संस्था राहत उद्दार शाखामा कृष्णकुमारी गौली रहेकी छिन् । त्यस्तै संस्थागत श्रम स्वीकृति शाखमा भीम बस्नेत, तोरण पराजुली र प्रविण सुवेदीहरुको हालीमुहाली चलिरहेको छ । उप–सचिवहरु पनि उनीहरुकै पिछा लागेर कमाउधन्दा सञ्चालन गरेको स्रोतले उल्लेख गरेको छ । उता, संस्था तथा श्रम स्वीकृति शाखामा शान्त बस्नेत रहेकी छन् भने व्यक्तिगत श्रम स्वीकृति शाखामा शान्ति पौडेल र टोपलाल भुसालको चल्तीफिर्ति रहेको छ । तर, वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारहरु ठगिइरहँदा पनि विभागले कुनै सुधार गर्न सकेको छैन ।

उल्टै सुधारको नाममा विदेश जाने कामदारहरुलाई सास्ती दिएको, समयमा काम नगरेको जस्तो आरोप पीडितहरुले लगाइरहेका छन् । त्यसैगरी पूर्व स्वीकृति र अन्तिम स्वीकृति लिनको लागि हतौंदिन कुर्नुपर्ने, म्यानपावर सञ्चालकहरुले उल्टै कर्मचारीको खातामा मोबाइल बैंकिङ्गमार्फत पैसा पठाउनुपर्ने जस्ता हर्कतले गर्दा म्यानपावर कम्पनी सञ्चालकहरु आजित हुन पुगेका छन् । श्रममन्त्री राजेन्द्र सिंह भण्डारीले पनि म्यानपावर सञ्चालकहरुसँग चुनावलाई सहयोग गर्नुप¥यो भन्दै रकम उठाएपछि मन्त्रीको ध्यान विभागतिर जान छाडेको छ । मन्त्री भण्डारी मन्त्रालयकै काममा व्यस्त रहेका छन् । त्यसले गर्दा वैदेशिक रोजगार विभागमा दलको सरकारमा भन्दा जेनजी सरकारको पालामा ठगीका उजुरीहरु बढिरहेका छन् । विभागमा महिला नेतृत्व हावी भएपछि हुने काम नहुने र नहुने काम हुने गरेको पीडितको गुनसो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *