महेश्वरको विद्रोहले माओवादी खेलाबैला

राजनीति समाचार

काठमाडौं । प्रेस सेन्टर नेपालको नेतृत्वमाथि प्रहार गर्दै महाधिवेशनमा दीपेन्द्र रोकायलाई पार्टीको आधिकारिक उम्मेदवार कमल गिरीविरुद्ध बागी उठाएर कुनियतको सञ्जाल चलाएका माओवादी नेता महेश्वर दाहाल अन्ततः पार्टीबाट कारबाहीमा परेका छन् । पत्रकार महासंघको चुनावमा महासचिव पदका प्रतिस्पर्धी लेखनाथ न्यौपानेविरुद्ध जन्मदेव जैशीलाई बागी उम्मेदवार बनाउने उनै महेश्वर दाहाल थिए । कोषाक्ष्यक्ष रामकृष्ण अधिकारीविरुद्ध पनि महेश्वर लागिपरेका थिए । तर, अधिकारीको लोकप्रियताका कारण कोषाक्ष्यमा निर्वाचित भए ।

पार्टी विभाजन भएपछि दाहाल मोहन वैद्यकोपछि लागेपछि प्रेस सेन्टरको नेतृत्व गोविन्द आचार्यले लिएर संगठन बचाएका थिए । दाहाल रामबहादुर थापा, फम्पा भुसाल र हितमान शाक्यका सहयात्री भएका थिए । त्यो पार्टीमा चन्दा उठाएको नाममा विद्रोह भयो । बादलको नेतृत्वमा पुरानै घरमा फर्केपछि दाहाल पत्नी सरिता अधिकारी बागमती प्रदेश सांसद बनिन् । आज उनै महेश्वर दाहाल सिुन्धली क्षेत्र नम्बर २ मा पार्टीका आधिकारिक उम्मेदवार राजन दाहालविरुद्ध मुढा चिन्ह लिएर बागी उम्मेदवार बन्दा पार्टीबाट निस्काशनमा परेका छन् । दाहालले पत्रकार महासंघमा महासचिवको उम्मेदवार बनाएका जन्मेदव जैशी डा. बाबुरामको तर्फबाट भक्तपुर २ मा उम्मेदवार बनेका छन् ।

दाहाललाई माओवादी सिन्धुलीका प्रभावशाली नेता हरिबोल गजुरेलले रहेको छ । उनी राम कार्की नजिक रहेको भनेर चिनिन्छन् । तर, कार्की जनार्दन शर्मासँग गएनन् । गजुरेल सांसद् र कृषिमन्त्री भए तर जिल्लाको विकास निर्माणमा ध्यान दिएनन् । २०७९ को चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्दा गजुरेल प्रमुख राजनीतिक सल्लाहकार थिए । नेकपाले दाहालसँगै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका दाङका कुल प्रसाद केसी एवम् कालिकोट र उदयपुरका बागी उम्मेदवारलाई पनि कारबाही गरेको छ ।

जहाँ महेश्वर त्यहाँ विवाद हुने प्रवृत्तिले माओवादीभित्र काउसो झैं फैलिरन्थ्यो । जनार्दन शर्माले ज्वाइ ओम शर्मा, मनऋषि धिताल जस्ता पत्रकारलाई प्रेस सेन्टर र पार्टीबाट लगेका छन् । शर्मा डा. बाबुराम भट्टराईसँग मिल्न पुगेका छन् । कमयुनिस्ट शब्दबाट फाइदा लुटेर भरिपूर्ण भएपछि त्यो शब्द त्यागेका जनार्दन र बाबुरामहरुबाट पार्टी विकसित हुनु भनेको बोकाले दाइँ गरेजस्तै हो भन्ने माओवादीहरु नै हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *