वाठमाण्डौ । यसपटक चुनाव हुन्छ कि हुन्न शंका धेरैको थियो । एमालेका अध्यक्ष केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा भदौ २३ अगाडिको वातावरणकै सपना बन्दै थिए। तीनको सपना कांग्रेसको विशेष महाधिवेशनले तुहाइदियो । केपी ओली र देउवाको गठबन्धन भत्कँदा फाइदा उठाउने रास्वपन हो । चर्चा झापा ५ मा केपी र वालेनको छ । चितवन ३ मा रेणु दाहाल र सोमिता गौतम, गोरखा २ मा लेखनाथ न्यौपाने, चक्रे मिलन र सुदन गुरुङ कै छ।
खासै माहोल देखिँदैन । देउवाले आफ्नै वरपरका आसेपासेको लागि गगन थापाकै हास्ताक्षरवाट टिकट लिएर उम्मेदवारी दिन लगाउँदा दिपक खडका, डा. आरजु राणा र रमेश लेखकहरुको हविगत बचाउन कठिन हुँदैछ । कांग्रेसका नेता पूर्णबहादुर खड्काले हात उठाए एमालेका ईश्वरले चान्स पाए । गोकुल बास्कोटा र योगेश भट्टराई हेरेकोहेरेकै भएका छ्न् । रघुवीर महासेठ, जुली महत्तो, शेरबहादुर तामाङ, उषाकला राई, देवेन्द्र पौडेल, कलावति शर्मा जस्ता परिवारवादहरुलाई फाइदा भएकै छ । चर्चा झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा उपाध्यक्ष वालेन साहाकै बढी छ ।
यी दुवै प्रधान मन्त्रीका दावेदार हुन् भने कांग्रेसका युवा सभापति गगन थापा मधेस झेरर सर्लाही४बाट डा. अमरेश सिंहसँग भिड्दै छन् । थापाले आफूले जित्दै आएको काठमाडौैं यसपटक छोडेका छन् । आफ्नै निर्वाचन क्षेत्रमा गगनलाई अप्ठ्यारो पार्ने काम कपनमा खोलो कब्जा गरेर घर बनाउने कांग्रेसबाटै भएको हो । पशुपति धर्मशाला बतास समूहलाई होटल खोल्न दिएर पैसा हजम गर्नेहरुका विरुद्ध कडिकडाउ गर्न नसक्नु पनि हो। कांग्रेसमा यस पटक अन्तर्घाता बढी हुन्छ भन्ने आशंका धेरैको छ। तर, विशेष महाधिवेशनले स्थापित गरेको नेतृत्वमाथि त्यस्तो हुन सक्दैन भन्नेहरु पनि कम छैनन् । व्यवस्था बदल्दा अवस्था उस्तै हुँदा भाद्र २३ र २४ को विध्वंशका कारण तत्कालीन गृहमन्त्री लेखक पत्तासाफ भएका छन् ।

