अलपत्र वामदेव, नेकपामा निस्कृय

राजनीति समाचार

काठमाडौं । ‘कुचाले बढार्नुपर्ने कसिङगर हावाले उडायो’ भनेझैं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । तर, चुनावको बेला पार्टीका पुराना खम्बा झलनाथ खनाल, माधव नेपाल, केपी ओली, वामदेव गौतम जस्ता एकै ठाउँमा हुन्थे । यी हस्ती नेताहरु एक भएर चुनावी मैदानमा उत्रिँदा जनलर छुट्टै आउथ्यो ।

पुराना नेतालाई पन्छाउँदा केपी ओलीका एजेन्डा र कार्यक्रमका बारेमा टिप्पणी गर्ने र सुधार्नुपर्छ भन्ने आँट भएका नेताहरुको अभाव एमालेमा देखिएको छ । अध्यक्षको एकलौटीपन विरुद्ध बोल्दा योगेश भट्टराई, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, डा. वृन्दा पाण्डे, उषाकिरण लिमिल्सिनाहरु थान्को लागेका छन् । यस्तै अवस्था नेकपामा पनि छ । त्यहाँ माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालहरु थेन्केकै छन् । उता, सिन्धुलीमा महेश्वर दाहालले क्षेत्र नम्बर २ मा बागी उम्मेदवार दिँदा कारबाहीमा परेका छन् । उदयपुरमा मेजर राईले विद्रोह गरेका छन् । राई विद्रोही भएपनि बलिया उम्मेदवारमा गनिन्छन् । कारबाही त दाङका कुल प्रसाद केसीमाथि पनि भयो । उनी मेटमणि चौधरीविरुद्ध बागी बन्दा एमालेका उम्मेदवारलाई फाइदा पुग्दैछ ।

माओवादीले विचार त्याग्यो । छरिएर रहेकाहरु हिजोको आक्रोश मत्थर गर्दै मिलाउन जोड दिँदा पुष्पकमल दाहाल सर्व स्वीकार्य बनेका छन् । एकीकृत समाजवादीबाट आएकाहरुलाई क्षमता र पूर्ववत पद अनुसार ठाउँ पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी भत्किँदा अस्तित्वमै नभएको क्रान्तिकारी नेकपा नेत्रविक्र चन्द्यको नेकपा माओवादी पनि फर्किँदैन । नेकपा एमालेभित्र झन् आन्तरिक द्वन्द्वले काम गरेको कारण फुट्ने ठाउँछैन ।

देशमा वामपन्थी शक्ति ६४ प्रतिशत छ । तर, चुनावमा नेताहरुको घमण्डले रास्वपा जस्तो शुद्ध अमेरिकी छत्रछाँयाबाट चलेको पार्टीबाट डराउनुपर्ने भयो । विचार त्याग्दा योजना र नीति लत्याउँदा यस्तै हुन्छ । त्यही कारण नेकपा माओवादी र एमाले पद र कुर्सीका लागि सत्ता सम्पट, भ्रष्ट, माफिया र विचौलिया केन्द्रित पार्टीसँग कुर्सी र पद पाएर रमाए । माधव नेपालमाथि नियोजित षड्यन्त्र नै भएको थियो । पतञ्जली योग केन्द्रलाई मन्त्रिपरिषद्ले निर्णग गरेर दिएको जग्गामा भूमाफियाको नजर प¥र्यो । त्यतिबेला माधव नेपाल प्रधानमन्त्री थिए । त्यसमा नेपालले नीतिगत निर्णय गरेकै हुन् ।

यस्ता निर्णय नेपाल ट्रष्टको सम्पत्ति धर्मशिला बतास समूहलाई सुम्पँदा पनि भएकै हो । पार्टीमा यस्तो विषय उठ्दैन । किन कि बोल्यो कि पोल्यो । तर, संकटमा पुराना साथीको याद आउँछ कि आउँदैन भनेर सोध्ने हिम्मत कसले गर्ने ? वामदेवलाई रिझाएको भए त्यो पार्टीको क्रेज घट्ने थिएन । अहिले टिकट नपाएका गोकुल बास्कोटा, कृष्ण गोपाल श्रेष्ठ, योगेश भट्टराईलगायतलाई राखेर अध्यक्ष ओलीले पार्टीको निम्ति खट्न आग्रह गर्दा राम्रो हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *