आचारसंहिता पालनको लागि आयोग र काउन्सिल सम्पादकसँग

राजनीति समाचार

काठमाडौं । चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरुले विभिन्न सामाजिक सञ्जालमा आउने भिडियोमार्फत् प्रतिस्पर्धीलाई गालीगलौज र अस्वस्थ प्रचारवाजीले चुनावी आचारसंहिताको धज्जी उडाएको छ । आचार संहिता उल्लेघनका घट्ना बढिरहँदा निर्वाचन आयोगले स्पष्टीकरणदेखि कारबाहीसम्मको योजना अगाडि बढाएको छ । आचार संहिता उल्लंघनलाई मध्येनजर गरेर प्रेस काउन्सिल नेपालले गत हप्ता छापामाध्यम र डिजिटल मिडियाका सम्पादकहरुसँग छलफल कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा विभिन्न पत्रपत्रिका र अनलाइनका सम्पादकसँगै निर्वाचन आयोगका प्रतिनिधि पनि सहभागी थिए । कार्यक्रममा सहभागी सम्पादक, निर्वाचन आयोगका प्रतिनिधि र काउन्सिलका प्रतिनिधिले चुनावी आचार संहिता पालनाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

काउन्सिलका प्रतिनिधिले मिडियाहरुले समाचार सम्प्रेषण गर्दा चुनावी आचार संहितामा ख्याल गर्नुपर्नेमा जोड दिएका थिए भने मिडियाका सम्पादकहरुले कन्टेन क्रेटर पाछामाध्यम, अनलाइन र डिजिटल मिडियालेभन्दा सामाजिक सञ्जाल, युटुब, टुईटर, फेसबुकले बढी आचार संहिताको उल्लंघन गरेको त्यसप्रति काउन्सिललगायत सम्बन्धित निकायले ध्यान दिन नसकेको उल्लेख गरेका थिए । निर्वाचन आयोगका उपसचिव कुलबहादुर जिसीले मिडियाहरुले समाचार सम्प्रेषण गर्दा चुनावी आचार संहिता उल्लंघन हुनेगरी उम्मेदवारको प्रचार–प्रसार नगरी संयमता अपनानुपर्नेमा जोड दिएका थिए । तर, मिडियाका सम्पादकहरुले उम्मेदवारहरुले लाखौ खर्च गरेर सामाजिक सञ्जाल प्रयोग गरी प्रचारवाजी गरिरहँदा कन्टेन क्रेटर मिडियाहरुले ‘भोको पेट’ले आदर्श छाँटेर आचारसंहिताको पालना नहुने टिप्पणी गरेका थिए ।

आचार संहिताका घट्ना व्यापक बढेपछि प्रेस काउन्सिल र निर्वाचन आयोग सञ्चारमाध्यमका सम्पादकहरुसँग सहयोगको अपेक्षा गर्न थालेका छन् । पत्रकारहरुले सामाजिक सञ्जालले आचार संहिता उलंघन गरिरहँदा प्रेस काउन्सिल र निर्वाचन आयोगले किन ध्यान नदिएको भन्दा काउन्सिलबाट सहभागी अधिकृत रामेश्वर बोहराले साइबर क्राइमबाट पत्रकारलाई जोगाएर पीडक र पीडितबीच समन्वयकारी भूमिका निर्वाह गरिएको बताएका थिए । त्यसले गर्दा छापामाध्यमभन्दा डिजिटल मिडियाले बढी आचार संहिता उल्लंघन गरेको पाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *