कता गयो बाबुरामको मुस्ताङ म्याक्स ?

राजनीति समाचार

काठमाडौं । सिंहदरबारभित्र करोडौं मूल्यका चलिरहेका गाडीहरु थोत्रा बनाएर थन्क्याउने र नयाँ गाडी खरिद गरेर कमिसन खाने कर्मचारी प्रशासन, स्टोकिपर र मन्त्रीसम्मको मिलेमतोले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मुस्ताङ्ग म्याक्ससँग रिश पोख्यो । विदेशी महंगा गाडीको व्यापार घटाउने, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने भनेर डा.भट्टराईले गोल्छा अर्गनाइजेशनले उत्पादन गरेको मुस्ताङ म्याक्स गाडी प्रयोग गरे । तर, मन्त्रिपरिषद्मा भएका उनकै दलका भ्रष्ट नेताहरुलाई समेत खर्चमा मितव्ययी बनाउन सकेनन् । मन्त्रिपरिषद्ले पनि सरकारी खर्च घटाउन स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न स्वदेशी सवारी साधन खरिद गर्नुपर्ने वाध्यता सिर्जना गराउन सकेनन् ।

डा. भट्टराई एक वर्ष ८ महिना प्रधानमन्त्री भए । उनी त्यो पदमा रहँदासम्म त्यो गाडी थियो । जब उनी प्रमान्त्रीबाट हटे । अनि मुस्ताङ्ग म्याक्स गाडी पनि गायव भयो । मन्त्रीहरुलाई सवारी साधन, निवासको व्यवस्थापन गर्ने काम हिजो गृहमन्त्रालय अन्तर्गतको सेवा विभागमा थियो । आज त्यो पनि शहरी विकास तथा आवासतिर सरेको छ । ठूला दलका नेता मन्त्री हुँदा विदेशी सहयोगका प्रोजेक्टमार्फत् महंगा गाडी खरिद गर्न लगाएर प्रयोग गर्थे । कुनै पनि विकास आयोजना आवश्यकताभन्दा बढी खर्च गरेर सामान भित्र्याउनु आयोजनाको लागत बढाउनु हो ।

आफै मात्र जान्ने अरु काम नलाग्ने देख्ने घमण्डले ग्रस्त नेताहरुको शासनमा फजुल खर्च धेरै हुने गर्दथ्यो । चर्का भाषणको तारिफ गर्नेले स्वार्थ सहजै पुरा गर्थे । तर, माओवादीबाट छानिएका नेता सफल अर्थमन्त्री आर्टिटेक्चर इन्जिनियरले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रयोग गरेको मुस्ताङ्ग म्याक्सको आज चर्चा तीनैले गर्दै छन् । जो बागमती प्रदेश सरकारमा यातायात मन्त्री बनेका थिए । तीनै युवराज दुलाल सिन्धुपाल्चोकबाट प्रत्यक्षतर्फबाट चुनाव लड्दै छन् । दुलाल प्रदेशमन्त्री हुँदा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री थिए ।

त्यो बेला मन्त्रीहरुलाई करोडभन्दा माथिका ९ वटा नयाँ गाडी किन्ने प्रस्ताव ल्याइयो । जुन प्रस्ताव सरकारी खर्चमा मितव्ययिता अपनाएको तत्कालीन योजनाविरुद्ध थियो । दुलालले आफैसँग भएको श्रोत अनुसारको जे छ त्यसैलाई सदुपयोग गर्नुपर्ने अडान लिँदा मन्त्रीपरिषद् बैठकमा अरु मन्त्री चुपचाप बस्नुप¥यो । किन कि त्यो सरकार नेकपाको थियो । कम्युनिस्टहरु जनताको सेवा गर्छन्, राज्यको खर्च गर्दा देशकै उत्पादनलाई महत्व दिन्छन् भन्ने प्रमाणित गर्नुथियो । तर, आजका भ्रष्टहरुमा त्यो चिन्तन छैन । जसरी डा. बाबुरामले मुस्ताङ्ग म्याक्स चढेर चर्चा कमाए त्यो चर्चा उनीसँगै गयो । डा. भट्टराईको राजनीति र मुस्ताङ्ग म्याक्स दुवैको चर्चा छैन । डाक्टरलाई राष्ट्रपतिको लली पपले उम्मेदवारी फिर्ता गराएको हो । रवि र बालेनले त्यो खेल खेलेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *