चन्द र जनार्दन बोक्दा एमालेलाई घाटा !

राजनीति समाचार

काठमाडौं । उखानै छ सौताको रिशले पोइको काख चिस्याउने भनेजस्तै चुनावको समयमा यस्तो विग्रह हुन्छन् । नेकपा एमाले जस्तो शक्तिशाली पार्टीले आफ्नै पहुँच र सामथ्र्यले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दिएपछि जनार्दन शर्मा र नेत्रविक्र चन्द जस्ता झम्पट किन बोक्यो ? यो प्रश्नले आमकार्यकर्तालाई तनाव दिएको छ ।
कुनै राजनीतिक दर्शन र सिद्धान्त नमिलेर जनार्दनले नेकपा माओवादी छाडेका होइनन् ।

नेत्रविक्रम चन्द कुन दार्शनिक थिए उनले प्रचण्डबाट पाउनुपर्ने के थियो, के पाएनन् र मोहन वैद्येलाई उचालेर माओवादी पार्टी विभाजन गराउँदै संविधान सभाको चुनावमा एमाले र कांग्रेसका उम्मेदवारसँग दाम खाने देव गुरुङ, पम्फा भुसालहरु माओवादीमै फर्केका छन् । तर, रामबहादुर थापा नेकपा विभाजन हुँदा आफ्नो छोराको पौरखी स्वभाव लुकाउन एमाले नै बनेको सबैलार्ई थाहा छ ।

तीनै थापाले संगठन नभएका जनार्दन शर्मालाई रुकुम पश्चिममा एमालेको भोट खन्याउने र जमानत बचाउन सहमति गराएका छन् । उसो त नेत्रविक्रको लुट र धम्की अधुरो जनयुद्ध सफल बनाउने नाममा प्रचण्डलाई एम्बुस थाप्ने क्रान्ति सफल नहुँदा खुम्चिँदै थियो । संगठनको आधार भूमि नभए पनि कर्णाली अञ्चलभर चन्दले एमालेलाई सघाउने भएका छन् । त्यो गरेबापत कालीकोटमा एमालेको मत खड्ग विकलाई दिने सम्झौता गर्नुपर्ने सम्झौता भएको बुझिन्छ ।

एमालेले यस्तो कच्चा निर्णय किन ग¥यो । जब कि भोलि वामपन्थीको सरकार बन्ने अवस्थामा जनार्दन र नेत्रविक्रम चन्दभन्दा प्रचण्ड र माधव नेपालकै आवश्यकता पर्छ । जब कि जनार्दन र खड्ग विकले चुनाव जित्न नेकपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपर्छ । सत्ता पाउँदाको समयमा जिल्ला जानु नपर्ने जनार्दन र अधुरो क्रान्ति सफल पार्न वमवर्षा गर्दै प्रचण्डमाथि एम्बुस थाप्दै व्यापारीसँग चन्दा माग्ने नेत्रविक्रम चन्दको पार्टी संगठनको ख्याल नगरी एमालेले अघोषित गठबन्धन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *