काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको कृपामा २०७४ मा राजेन्द्र लिङदेन संघीय सांसद भएका हुन् । तिनै लिङदेनले २०७९ सलमा एमालेसँग रुपन्देही, बाँके, नवलपरासी २, झापा ५, चितवन ३, जुम्ला गरी ६ सिटमा गठबन्धन गराएका थिए । राप्रपाकै विनोद सिंहले प्रतिस्पर्धा गरेको मकवानपुर १ मा भने कमल थापाले चुनाव जित्न एमालेको चुनाव चिन्ह सूर्यको उम्मेदवार बनेका थिए । तर, चुनाव दुई पञ्च र कांग्रेसको भिडन्तमा पनि राप्रपाकै विनोद सिंहले बाजीमारेका थिए ।
यसपटक राप्रपाका ती अनुहारहरु सबै भिडन्तमा छन् । लगातार तेस्रोपटक काठमाडौं १ मा उम्मेदवार बनेका रविन्द्र मिश्रको पालो आउला नआउला काठमाडौं ५ का कमल थापालाई जमानत जोगाउनु ठूलो जित हुने देखिन्छ । किन कि अध्यक्ष राजेन्द्र लिङदेन विगतमा एमालेसँगको गठबन्धनले नै विजय हुने गर्थे ।
आज एमाले राप्रपाकाबीचमा गठबन्धन छैन । बाँके १ मा धवल शमशेर राणा चुनाव लडेनन् । त्यो क्षेत्र उनकै पकडमा थियो । चितवनका विक्रम पाण्डे यसपटक निर्वाचन लडेका छैनन् । रुपन्देही १ मा स्व. दीपक बोहरापुत्र डा. प्रज्वल बोहोरा, नवलपरासी २ ध्रुवबहादुर प्रधान, मकवानपुर १ मा दीपक बहादुर सिंह, जुम्लामा ज्ञानेन्द्र शाही, काठमाडौं १ मा रविन्द्र मिश्रजस्ता भरपर्दा अनुहारहरुले विजय प्राप्त गर्लान् नगर्लान् समीक्षा हुँदैछ । महामन्त्री कुन्ती पोखरेल आफै काठमाडौं २ मा पुनः प्रतिस्पर्धा गर्दैछिन् । चुनावी माहोल कसको कस्तो छ त्यसको खोजी गर्ने व्यवस्था अनुसन्धानात्मक टोली प्रयोग गरिएको छैन । दलको प्रतिष्ठा बचाउने आजको वाध्यता सबैमा छ । राजसंस्थाको वकालत गर्ने राप्रपा पूर्व राजा ज्ञानेन्द्र शाह दुर्गा प्रसाईँको आन्दोलन रमाउँदा यी शक्तिबीचको साइनो के हो ?

