वैकल्पिक नयाँ दलका छैनन् संगठन

राजनीति समाचार

काठमाडौं । पुराना दलले पुरानै बाटो लिए भनेर पुरानाकाविरुद्ध नयाँ वैकल्पिक शक्ति चाहिन्छ भनेर डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति खेरा गएपछि पुरानासँग असन्तुष्ट भएकाहरु नयाँ वैकल्पिक दल गठन गर्न छाडेका छैनन् । यस पटक उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ, श्रमसंस्कृति पार्टीका हर्क साङपाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माहरु चुनावबाट बाहिरिने सम्भावना देखिन्छ । चुनाव जित्न संगठन चाहिन्छ, संगठनबिना चुनाव जितिँदैन भन्ने ज्ञान नभएका जनार्दन, कुलमान र हर्कहरुले पुराना दलका नेतालाई लगाउन नसक्दा जनमतले उनीहरुप्रति दर्शाउने सद्भावसमेत जोगाउन सक्नुपर्छ भन्ने ठानेनन् ।

स्थानीय तहकै नेतृत्व त्योगेर सिंहदरबारकै शासनमाथि प्रहार गर्ने आँट गर्दा रेणु दाहाल र बालेन साहका पछिपछि लाग्नेको भीड छ । किन कि उनीहरुसँग प्रतिस्पर्धी दलका लोकप्रिय उम्मेदवार छन् । तर, कुलमान र कर्हलाई प्रधानमन्त्रीकै सान चाहियो । चुनावी सरकारमा ३ मन्त्रालय हाँकेर क्षमता देखाएका कुलमान रास्वपामा रहन्थे भने निर्वाचित हुने सम्भावना थियो । तर, पदको लोभमा फसेर मन्त्री पद त्यागेर रास्वपासँग १२ दिने एकता गरेर फकिर्नुले बालेन साहका सुरक्षागार्ड राजु पाण्डे उनको भारी बनेका छन् । कुलमान र हर्कहरु समाजको जुनसुकै क्षेत्रमा काम लाग्छन् भन्ने पनि भएन । किन कि पार्टी र संगठनबिना चुनाव जितिँदैन भन्ने थाहा हुनुपर्छ । उनीहरुको कामले कसैले निर्विरोध गराउँदैनन् ।

पुराना असफल हामी सफल भन्दाभन्दै वामपन्थी राजनीतिले शासकीय जिम्मेवारीमा पु¥याइएका डा. बाबुराम भट्टराई जनार्दन शर्मा अगाडि शिर झुकाउनुपर्ने अवस्था भएको छ । आजका कुलमान, हर्कहरुले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, सिके राउटको जनमत पार्टी पतन भएको महसुस गर्न नसक्नु सुझबुझ नहुनु हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *