संकटको छायामा प्रभु बैंक

अर्थ/वाणिज्य राजनीति समाचार

नेपालको एक प्रमुख वाणिज्य बैंकको रूपमा रहेको प्रभु बैंक लिमिटेड, पछिल्ला वर्षहरूमावित्तीयअनियमितता, ठगी र कर्जा दुरुपयोगकाभुमरीमाघेरिएको छ।पूर्व अध्यक्षदेवीप्रकाशभट्टचन र पूर्व सीईओ अशोक शेरचनको मनोमानीले बैंकलाई डुब्ने स्थितिमा पु¥याएको आरोपछ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले ९८ करोड भन्दा बढी ठगी र अर्बौं रुपैयाँको कर्जा हिनामिनाउजागर गरेको छ।हालबैंक कामु सीईओ निरज लम्सालको नेतृत्वमा सञ्चालनभइरहेको छ, तर नेपाल राष्ट्र बैंकको कडा निगरानीर स्वतन्त्रलेखापरीक्षण बिनायसको उकासिने सम्भावनान्यूनछ।यदि खराब कर्जा ८% नाघ्यो भने बैंक ’कोमा’माजाने खतरा स्पष्ट छ। यो प्रकरणले नेपालको बैंकिङ क्षेत्रमा सुशासनको अभाव र पब्लिक फण्डमा रहेको लुटलाई हदै किसिमको अराजकताको रूपमा चित्रण गर्दछ।

मनोमानीको नाङ्गो नृत्यविचसीआईबी अनुसन्धान
२०८२ कार्तिक देखि सीआईबीले प्रभु बैंककाउच्चअधिकारीहरू माथि अनुसन्धानथालेको थियो।प्रभु म्यानेजमेन्ट प्रा.लि.कीअध्यक्षकुसुमलामाको उजुरीबाट सुरु भएको यो प्रकरणमा भट्टचन, शेरचन, नायब सीईओ मणिरामपोखरेल, प्रमुखकर्जा अधिकृत रिवास श्रेष्ठ र रेमिट्यान्स प्रमुख सुजिनशाक्यलगायतलाई पक्राउ गरिएको थियो। मुख्य आरोपहरूमारेमिट्यान्स कारोबारमानक्कलीबैंक ग्यारेन्टी प्रयोग गरी ९८ करोड ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन उल्लंघन समावेश छन्। डमी कम्पनीहरू मार्फत अर्बौं कर्जा दुरुपयोग गरेको र व्यक्तिगतलाभकालागिबैंकको स्रोत दोहन गरेको भेटिएका छन्।

सीआईबीले बैंकको मुख्यालयमा छापा मारी दर्जनौं फाइल नियन्त्रणमा लिएको थियो, जसले प्रकरणको गम्भीरतादेखाउँछ।हाल सबै आरोपीहरू हाजिरी जमानीमा रिहाभएका छन्, तर अनुसन्धानटुंगिएको छैन। यो घटनाले भट्टचन–शेरचन जोडीले बैंकलाई “निजीपिग्गीबैंक“ सरह चलाएको र ३७लाखभन्दा बढी निक्षेपकर्ताको भविष्यजोखिममापारेको देखाउँछ।पब्लिक फण्डको यो लुटले बैंकिङ क्षेत्रमामाफियासिन्डिकेटको छाया फैलाएको छ, जसले सर्वसाधारणको विश्वासलाई ध्वस्तपारेको छ।

बैंककावित्तीयस्थितिमागिरावट र सुधारको संकेत
प्रभु बैंकको वित्तीय स्वास्थ्य पछिल्ला वर्षहरूमाकमजोर बनेको छ।आर्थिक वर्ष २०८१÷८२ माअपरिस्कृत प्रतिवेदनमा ५.४४ अर्ब नाफा देखाइएपनि राष्ट्र बैंकले ४.९१ अर्ब प्रोभिजनथप्दाखुदनाफा ८७.२३ करोडमा झरेको,एनपीएल १.६८% बाट बढेर ७.०१% पुगेको, र कर्जा असुलीमा समस्या रहेको देखिन्छ यस वाट सृजित कारणहरुले गर्दा बैंकले लगानीकर्ताहरूलाई विगत ३ वर्षदेखि लाभांशवितरण गर्न सकेको छैन।

हालको २०८२÷८३ को दोस्रो त्रैमासिकमाभने सुधार देखिएको छ।बैंकले १.०१ अर्ब खुदनाफाकमाएको छ, जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा २४.०८% घटेको भएपनि सकारात्मकछ।पहिलो त्रैमासिकमाभने ५५.८४ करोड नाफाथियो तर बैंकको हालको एनपीएल७.९४% पुगेकाछ।यदि यो बढ्यो भने बैंकको तरलता र स्थिरतामा ठूलो धक्कालाग्न सक्छ।सञ्चित घाटा ३.०२अर्बभन्दा बढी रहदालगानीकर्ताहरु निराश बन्नपुगेका छन् ।

सेन्चुरी बैंक मर्जरको प्रभावःविस्तार कि जोखिम?
२०७९ पौषमा पूरा भएको सेन्चुरी बैंक सँगको मर्जरले प्रभु बैंकको चुक्तापूँजी २३.५३ अर्ब पुगेको छ र शाखा सञ्जालविस्तार गरेको छ।यसले व्यवसायिकआकार बढाएपनिएनपीएलबढेको छ, जसलाई “खराब कर्जा लुकाउने रणनीति“ को रूपमाआलोचना गरिएको छ।मर्जरपछि आरओंई र आरओंए घटेको छ, जसले व्यवस्थापकीयकमजोरी देखाउँछ। यो मर्जरले सकारात्मक रूपमापूँजीआधार मजबुतबनाएपनि, गुणस्तरीय कर्जा प्रवाहमाचुनौतीथपेको छ।

अराजकताको जडर पब्लिक फण्डको लुट
प्रभु बैंकको यो प्रकरण नेपालबैंकिङ क्षेत्रमा सुशासनको अभावको ज्वलन्तउदाहरण हो।भट्टचन परिवारको संस्थापक सेयरले बैंकलाई “निजीकम्पनी“ जस्तो बनाएको छ।कर्मचारी व्यवस्थापनमालथालिंगस्थिति छः स्वार्थपूर्ण व्यक्तिहरूलाई ९वर्षमा ६ पटक प्रमोशनदिएको र सब्सिडियरी कम्पनीहरूमाआफ्ना मान्छे भर्ना गरी बैंकबाट तलबदिएको पाइएको छ ।पब्लिक फण्डमा रहेको यो किसिमको लुटले बैंकमाहदै किसिमको अराजकताफैलाएको छ र यसले समग्र अर्थतन्त्रमा नै अविश्वास बढाएको छ।नेपालमा राष्ट्र बैंकको भूमिका सराहनीयभएपनि, बैंकका यस्ता घोटालाहरू रोक्नमायसको कमजोरी प्रष्ट छ र यसमा रहेको नियाकीयकमजोरीलाई निरुपण नगरेमायसको पुनरावृतिनदोहोरिएलाभन्न सकिदैन ।

बैंकको २४औं साधारण सभाविचभविष्यको दिशा
हालै जनवरी १४, २०२६ मा सम्पन्नभएको २४औंवार्षिक साधारण सभामाबैंकले ३७लाखग्राहकहरूलाई अत्याधुनिकसेवादिने प्रतिबद्धता व्यक्त गरेको छ।यसमावित्तीयविवरण पारित, लेखापरीक्षकनियुक्ति र विविध प्रस्तावहरू समावेश थिए। तर भट्टचन ग्रुपको सुनियोजित छाल बमोजिम बैंकको सभाहलमाआयोजनाहुनपुगेको यो सभामाभट्टचन–शेरचन समूहले आफ्ना बिरुद्धमा कुनै विषयप्रवेश गर्न नदिन र गर्ने प्रयास भएमात्यसलाई प्रतिकार गर्न र सभा नै बिथोल्न डमी सेयर धनि खडा गरेका थिएजसले सभालाई डिफेन्सिभबनाउनअसान्दर्भिक र प्रत्यायोजितक्रियाकलाप समेत गरेका बुझिएको छ ।
निष्कर्षः

प्रभु बैंकको यो संकटले नेपालको बैंकिङ क्षेत्रमाविधिको शासन र पारदर्शिताको अभावको स्थितिलाई सतहमा नै ल्याइदिएको छ । बैंकमा रहेको यस किसिमको माफियासिन्डिकेटलाई दोहोरिन नदिन र पब्लिक फण्डको संरक्षण गर्न केन्द्रियबैंकको कडा निगरानी, स्वतन्त्रलेखापरीक्षण, हाल सम्मको स्थितिको स्वेत पत्र जारी गरी संस्थागत सुधार गर्नुपर्नेदेखिन्छ । ग्रुपकातर्फ वाट गतचुनावमादेखिएको संलग्नताएवं चलखेल वाट उही पुरानै नेतृत्वले अनेक राजनैतिकदाउपेच गरी पुनःकमव्याकको योजनाबनाइ रहेको बुझिएकोले बिशेष गरेर बैंककालगानीकर्ता रनिक्षेपकर्ताहरूले यस तर्फ थप सतर्क रहनु आवश्यकछ।
पुर्व नेतृत्वका कारणले सृजितबैंकमा रहेको बेथितिको छानविन गरी सत्यतथ्यबाहिर ल्याई हालको एनपिएलको अवस्थाको नियन्त्रण एवं सुधार हुननसकेमाबैंकको पतनले समग्र राष्ट्रको वित्तीयक्षेत्रलाई नै प्रभावितपार्न सक्छ।अतः नेपालको आर्थिक स्थिरतालाई नै थप जोखिममापार्न सक्ने किसिमको माफिया सिन्डिकेटलाई रोकीपब्लिक फण्डको संरक्षण गर्न तत्काल कडा कदमचालियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *