काठमाडौं । सत्ता र घमण्डी चरित्रका नेतालाई पच्दैन । नेपालमा ६४ प्रतिशत जनमत वामपन्थीको हुँदाहँुदै पार्टी फुटाएर देश लुट्ने धन्दामा लागेको नेतृत्वलाई जनताले राम्रै दण्ड दिएका छन् । एमालेकै नेतृत्वले ठूलो दलको नाताले सानालाई मिलाउनु पथ्र्यो । तर, त्यसकै सत्ता स्वार्थ र भ्रष्टाचार मोह प्रवृत्तिको शिकार भएको पार्टी टुक्राटुक्रा बनाएर आफ्नै नेतृत्वमा एमालेलाई ठूलो पार्टी बनाउने र सरकार गठन गरेर विकासको रेल कुदाउने घोषणा गरेकाहरु आफै पराजित भएका छन् ।
यसपटक नेकपा एमाले र नेकपा गठवन्धन गरेको भए कुनै सिद्धान्त, नीति कार्यक्रम नभएको सहकारी ठगीको आरोपमा ५ जिल्लामा उजुरीको खात लागेका रास्वपा सभापति रवि लामीछानेको नेतृत्व स्वीकार गर्दै वालेन साह रास्वपामा प्रवेश गर्नु नै चुनावी लहर आउनु हो । चुनाव प्रचारमा आफ्नो निर्वाचन क्षेत्र नछाडेका एमाले र नेकपाका अध्यक्षहरूलाई जनताले चुनावी सभामा समेत देखेनन् । प्रचण्ड काठमाडौं र रुकुम आउजाउ गर्दा बाटरोमा परेका जिल्लाहरुमा झल्याकझुलुक देखिए। तर, केपी ओली झापा ५ मै केन्द्रित भए । एमालेबाट चोईटिएको नेकपा एकीकृत समाजवादीलाई केपी ओलीले पार्टी नै मानेनन् । माधव नेपाललाई पाटी पुटाउन उक्साएर र एमालेमै टिकेका १० भाइ बाट योगेश भट्टराई र गोकर्ण विष्ट ११ औं महाधिवेशनबाट नेतृत्वमा पुगेका हुन् ।
माधवनेपालले समाजवादी पार्टी नेकपा माओवादीसँग एकता गरे । एकता प्रकरणमा अटाउन नसकेका घनश्याम भूषाल राजनीतिवाट अस्ताएको नेकपा संयुक्तमा जोडिएका छन् । एमालेबाट चोइटिएर बनेको पार्टीबाट हिजो माओवादीको आडमा सांसद भएका राजेन्द्र पाण्डे,े प्रेम आले मेटमणि चौधरी, माधव नेपाल, किसान श्रेष्ट, धनबहादुर बुढाअमररभानुभक्त जोशीले यसपटक चुनाव जितेनन् । यीमध्ये किसान श्रेष्ठ बारा २ बाट एमालेको उम्मेदवार बनेका थिए । वामपन्थी कित्ताका नेकपा मसाल, प्रभु साहाको आमजनता पार्टी, जनार्दन शर्माको प्रलोपा, नेत्रविक्रम चन्दको नेकपाका हाँगाहरु समेत एकजुट थिए भने रास्वपाको उर्लँदो क्रेज धान्न सकेनन् । यो चुनावमा नेकपण एमाले र नेकपाको परिणाम प्रतक्षतर्फ सुनसान भएको छ । सूर्यर तारा चिन्हमा प्रतिस्पर्धा कतै पनि छैन । जिलेका उम्मेदवारले रुख र घण्टीसंग सामना गरेका छन् ।
मधेसका महाजनहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुरवीचमा पनि एकता भएन ।
राजेन्द्र र सिके राउतले यादवलाई नटेर्दा मधेसका क्षेत्रीयतावादी दलहरू मधेसकै जनमतबाट खरानी भएका छन् । जनजातीको पार्टी बनाएका अशोक राई उपाय नलागेपछि राजेन्द्र महतोको मातृभूमि पार्टीसंग चुनावी गठबन्धन गरेका थिए। महन्त ठाकर आफू समानुपातिकमा बसेर छोरीलाई जसपाको उम्मेदवार बनाएका थिए। तर, यसपटक मधेस प्रदेशका महाजनहरूलाई मधेशका जनताले पत्याएनन् । देशका दुई ठूला कम्युनिस्ट दलबीचमा चुनावी तालमेलं भएको थियो भने मधेसमासमेत वामपन्थी प्रभावपथ्र्यो । तर, केन्द्रका ठेकेदारहरुले आफ्नो स्वार्थका लागि केही क्षेत्रमा चुनावी गठबन्धन गर्ने प्रयास गरेता पनि सफल भएनन् । त्यसकारण नेकपाभित्रका विभिन्न घटककै ठूला नेताले पराजय भोग्नुुप¥यो ।

