चन्दको चुरीफुरी समाप्त

राजनीति समाचार

काठमाडौ । दशवर्षे जनयुद्धको उपलब्धि संविधान सभावाट जारी भएको संविधान जलाउँदै अधुरो जनयुद्ध सफल पार्ने उग्रता प्रदर्शन गरी धन संकलन गरेको नेकपाको चुरीफुरी समाप्तभएको छ । त्यो पार्टीका प्रवक्ता खड्ग विकलाई कालीकोटका जनताले चौथो स्थानमा थान्को लगाएर जमानत जफत गराए पछि अब नेत्र विक्रमले नेकपा एमालेसँग कर्णाली प्रदेश र दाङ जिल्लाको क्षेत्र नं. २ मा गरेको चुनावी सहकार्यको अर्थ पनि समाप्त भएको छ । एमालेले नेकपाका संयोजकलाई शत्रुता साँधेर जसरी नेकपा चन्दलाई आफ्नो ठान्यो त्यो अर्थहिन भएको छ ।
उसोत नेत्र विक्रमचन्द, डा. वावुराम भट्टराई, जनार्दन शर्मा, हरिवोल गजुरेल जस्ता पूर्व माओवादीहरुले नेकमालाई हिस्स पार्न कतै कांग्रेसलाई त कतै एमालेका उम्मेदवारलाई सघाए पनि त्यो सहयोग देखिएन ।

जनयुद्धको संकलित पुँजी खर्चमा पारदर्शी नहुँदा चन्दसँग हेमन्त प्रकाश ओली र धर्मेन्द्र वास्तोला नेकपा बहुमतकोनाममा पार्टी चलाएका थिए । बीचमा माओवादीवाट चोइटिएको मोहन वैद्यको क्रान्तिकारी नेकपासँग पार्टी एकता गर्ने सवालमा ओली र वास्तोलाबीचमा मतभेद हुँदा पार्टी टुक्रियो । ओली, मोहन वैद्यसँग छन् भने वास्तोला चुनाव बहिष्कार गर्ने आन्दोलनमा पक्राउ परेका थिए । १८ वर्षपछि रोल्पाको लिवाङ्गमा पुगेर मतदान गरेका चन्दको पार्टीको रोल्पामा जमानत जफत भएको छ । बरु ९ वर्षको स्थानीय चुनावमा नेपाली कांंग्रेस र नेकपा एमालेले २ जना सदस्य लिएर नेकपा चन्दका उम्मेदवारलाई लिवाङ्गको वडा अध्यक्ष स्वीकार्दा जमानत जोगिएको थियो ।

कम्युनिस्टहरु जुट्नुभन्दा फुट्न मनपराउने नेपाली माटोमा कम्युनिस्टको जनमत बढी भए पनि हिजो कांग्रेसले शासन चलायो । आज रास्वपाजस्तो विदेशी शक्तिको आडमा उम्रिएको शक्तिले देश चलाउने जिम्मा पाएको छ । आफूलाई क्रान्तिकारी ठान्ने अरुको अस्तित्व अस्वीकार गर्ने नेत्रविक्रम चन्दहरुको अस्तित्व राष्ट्रिय राजनीतिबाट विलय भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *