मतदान देखि गणानासम्मः काम एक अनुभुती अनेक

राजनीति समाचार

भोला खतिवडा

आवधिक निर्वाचन २०८४ मा हुने थियो । जेन्जी प्रदर्शनका कारण २ बर्ष अघि नैं आयो । सकियो । २ सय ७५ सिटको नतिजा आयो ।
३ वर्ष अघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुइतिहाइ जित्यो । जती मत पायो, नागरिकको अपेक्षा पनि त्यतिकै हुनु
स्वभाविकै हो । केही दिनमा नैं वालेनको नेतृत्वमा सरकार गठन हुनेछ । वालेन नेतृत्वको नेपाल सरकारले नयाँ तथा नागरिकको मन
जित्ने काम पक्कै गर्ला । वा जे गरे पनि नागरिकको मन नछोला । वा नयाँ काम गर्न नैं नसक्ला । मैले आज त्यता तिरको चर्चा यस
लेखमा गर्न खोजेको हैन । मुलुक र मुलकबासीकालागि अनुकरणीय काम गर्न सकोस् । यस लेखमा चाँही मतदान प्रकृया, मतगणनाको
शैली र मेरो संलग्नताको अनुभुती मात्रै लेख्ने प्रयास गरिरहेको छु ।

फागुन २१ मा निर्वाचन भयो । दोलखा जिल्लामा मालु केन्द्र वाहेक सवैमा शान्तीपूर्ण तवरले मतदान भयो । म आफु केन्द्रीत रहेको
भीमेश्वर नगर क्षेत्र भित्र मात्रै रहेर चर्चा गर्ने कोशीस गर्दछु । म, विहान ७ वजे देखि नैं मैले मतदान गर्ने केन्द्र भीमेश्वर नगरपालिका
वडा नं। ६ को कार्यालय आसपास रहेको थिएँ । तर मतदान गर्ने स्थल भित्र मत दिन वाहेक अरू समयमा छिरिन ।म वाहिर जनसम्पर्क
र अन्य वडाहरूसँग नियमित सम्पर्कमा रहने कोसिस गरें ।

भीमेश्वर ६ मा रहेको एक मात्रै मतदान केन्द्रबाट नैं नेकपा एमालेका केन्द्रीय नेता तथा पूर्व मन्त्री आनन्द प्रसाद पोखरेलले मतदान गर्नु
हुन्छ । राष्ट्रिय सभाका साँसद घनश्याम रिजालको मतदान केन्द्र पनि यही हो ।त्यसै गरी यसै मतदान केन्द्रबाट वागमती प्रदेश
सरकारका वन तथा वातावरण मन्त्री भरत वहादुर केसी र भीमेश्वर नगरप्रमुख इश्वरनारायण मानन्धरले पनि मतदान गर्नु हुन्छ । यो
तहका नेताहरूको एकै मतदान केन्द्र भएको यहाँ मात्रै हो । उहाँहरूसँग सामान्य गफगाफ भयो ।नेकपा एमाले र रास्वपाका
प्रतिनिधिहरू मतदाता र निर्वाचन कर्मचारीलाइ समेत सजिलो वनाउन मतदाताको क्रम संख्या गरेर चिट उपलव्ध गराउन खटिरहनु
भएको थियो । यस पटकको निर्वाचनमा लाइन वस्नै परेन सरर नैं मतदानको काम चलिरह्यो ।२ हजार ३ सय भन्दा केही वढि
मतदाता रहेकामा १ हजार ३ सय ३६ जनाले मतदान गर्नु भयो । विगतको तुलनामा कम खसेको होइन ।

म दिनभर जसो भीमेश्वरका सवै वडाका अगुवासँग फोन सम्पर्कमा रहें । सवै तिर शान्तिपूर्ण तरिकाले मतदान भैरहेको सूचना पाएँ
।दोलखा वाहिरका केही जिल्लाका साथीहरूसँग पनि मतपेटिका गणनास्थल गौरीशंकर क्याम्पसमा लगियो।२२ गते सर्वदलिय वैठक
वस्यो । अनी मत गन्ने काम सुरू भयो ।हरेक मतदान केन्द्रको अलग अलग मत गन्ने सहमती भएको थियो । जसका कारण कुन केन्द्रबाट
कति कस्लाइ मत गयो प्रष्ट हुने अवस्था भयो । नेकपा एमालले चाँही सम्वन्धीत स्थानीय तहको मत गणनाको समयमा सम्वन्धीत
पालिकाका प्रतिनिधि सहभागी हुने मेसो मिलाएको थियो । त्यसै गरी मैले पनि ९ वटै वडाका हरेकबाट २ जनलाइ तयारीमा
रहनकालागी जानकारी गराएँ । भीमेश्वर नगरपालिकाको गणनाको पालो फागुन २३ गते राती ११ वजे तिरबाट आयो । नेकपा
एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर लगायत हामी हरेक वडाबाट रहेका थियौं । वडाका नेताहरू आफ्नो वडाको मत गणना
पछि घर जाने पाउने भएता पनि जिल्ला कमिटको उपाध्यक्ष र म नगर कमिटीको अध्यक्ष भएकोले ९ वटै वडाको सम्पन्न भए पश्चात
मात्र गणनास्थलबाट निस्केका थियौं ।

मतगणनास्थलमा रातीको १० वजे तिर प्रवेश गरेको थिएँ । अनी निस्किँदा विहानको ५ वज्यो ।जाग्राम वसे जस्तो भयो । तिनदशक
अघि तिर पूजा लगाएको रातमा नाचगान गरी रातभर नसुति विताउने गरिन्थ्यो त्यसलाइ जाग्राम भनिन्नछ । यस पटक भोट गन्ने १
रात मेरोलागि जाग्राम नैं भयो । अरू केहीलाइ त अरू रात पनि जाग्राम भयो होला । मत गणना गर्ने काम एकै पटक ३ वटा कोठामा
हुन्थ्यो । हामीले हरेक कोठामा कम्तीमा २ जना प्रतिनिधिको व्यवस्था मिलाएका थियौं । सकेसम्म सम्वन्धीत वडाबाट प्रतिनिधित्वको
व्यवस्था मिलाएका थियौं । वडा न। १,२ र ४ का साथीहरू अनुपस्थित हुनु भएकोले अरू वडाका साथीहरूले सहयोग गर्नु भएको
थियो ।मत गणनाको सन्दर्भमा मेरो अनुभव थिएन ।त्यसैले समन्वय तथा डाटालाइ एकिकृत गर्ने काम गरें ।तर नजिकबाट नियाँले ।

निर्वाचनका कर्मचारीबाट मुचुल्काको फर्मेट भरिन्थ्यो ।दल वा उम्मेदवारका प्रतिनिधिलाइ दस्तखत गराइन्थ्यो । मत पेटिका
खोलिन्थ्यो । त्यसपछि मतपत्रहरूमा लगाइएको स्वस्तिक चिन्ह अनुसार छुट्याइन्थ्यो र एउटै चिन्हमा परेको मतलाई एकै ठाउँमा
खात बनाएर राखिन्थ्यो । अनी खात अनुसार निर्वाचनका कर्मचारीबाट गनिन्थ्यो ।हामी साक्षी रहन्थ्यौं । निर्वाचन कर्मचारी वस्ने र
हामी वस्ने विचमा तार जाली लगाएको हुन्थ्यो । यस्तो तारजालीको व्यवस्था चाँही २०७४ सालको स्थानीय तहको निर्वाचनमा
भरतपुर महानगरपालिकामा तत्कालिन एक दलका प्रतिनिनिधिले मत पत्र चपाएको घटना पछि भएको हो । त्यस पछिका सवै

निर्वाचनका मत गणनामा तारजालीको व्यवस्था गरी उम्मेदवार र प्रतिनिधिहरू तारजाली वाहिर वस्ने व्यवस्था गर्ने गरिएको पाइन्छ
। यो दृष्य देख्दा स्वभाविक लाग्दैन तर के गर्नु कुनै एक ठाउँमा कसैले पिरल्यो अनी सवै तिर असर परेको छ । रातीको समयमा
गणनामा संलग्न हुने कर्मचारीलाइ पनि निन्द्रा लाग्दो हो । हामीलाइ पनि लाग्यो ।कहिले कांही नम्वर उच्चारण विग्रन सक्छ त्यसमा
पनि चनाखो हुनु पर्ने अनी सदर मत पनि वदर तिर पर्ने हुँदो रहेछ । कहिले वदर पनि सदर तिर पर्ने । एक चिन्हमा लागेको अर्को तिर
पनि अन्यत्रै गणना हुन सक्ने अवस्था हुँदो रहेछ । हाम्रो टिममा रहेको ९ नं वडाका श्याम लामा चलाख हुनुहुँदो रहेछ । २ वटा वदर
तिर परेको मत समेत चनाखो भएर सदर तिर कायम गराउनु भयो ।त्यस्तै अरू साथीहरू पनि चनाखो सहित गणनामा संलग्न हुनु
भएको थियो । वदर हो होइन भन्ने विषयमा प्रतिनिधिहरू विचमा लफडा परिरहन्छ । धन्न, म त्यहाँ रहेको बेलामा त्यस खालको
लफडा परेन ।

मत गणनाको दृश्य रातभर नजिकबाट नियाल्दा केही प्रश्नहरू आए। मत गणनाकालागि प्रविधि प्रयोग गर्न किन नसकेको होला रु
मतदानकै लागी उपकरण प्रयोग गर्न सकिन्थ्यो । एक दशक अघि नैं काठमाडौं क्षेत्र नं १ मा मेसिन प्रयोग गरि मतदान गरिएको थियो
। त्यो सवै तिर गर्न सक्नु पर्ने थियो । त्यता किन ध्यान नगएको होला रु त्यसो गर्न सकेको भए वदर संख्या यती धेरै पक्कै हुने थिएन ।ल
ठिकै छ, मतदान यही प्रकृया भए पनि गणनामा त प्रविधि प्रयोग गर्न सकिन्थ्यो होला ।अहिलेको तरिकाबाट हुने खर्च र समय
व्यवस्थापनको हिसाब गर्ने हो भने प्रविधि प्रयोग गर्दा नैं कम खर्चिलो हुने थियो होला ।

दोलखामा घण्टी पहिलो भयो भने दोस्रोमा सुर्य, तेस्रो स्थानमा तारा भयो । चौथोमा रूख चिन्हले मत पाएको थियो । राष्ट्रिय रूपमा
राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुइ तिहाइ पद जितेको छ । नेपालको इतिहासमा २०१५ साल पछिको सवै भन्दा धेरै सिट एकै दलले
जित्ने यो निर्वाचन भएको छ । अहिले जित्ने दल प्रविधि मैत्री देखिएको छ । त्यसैले यो खाले मतपत्र, मतदान शैली र गणना तरिका
२०८२ को निर्वाचन नैं अन्तिम हुने छ भन्ने विश्वास लिएको छु ।न त लाइन वस्नु पर्ने छ न त जाग्रम वसेर गणना गर्नु पर्ने वाध्यता नैं
हुनेछ । मेरो आशा पक्कै पनि पूरा होस्, शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *