काठमाडौं । गमुलुकमा लोभीपापी र भ्रष्टाचारीको विरुद्ध लाग्नुपर्ने नेकपा एमाले सत्ता सञ्चालनमा असफल भएको छ । आफूले गरेका गल्ती नदेख्ने अरुको खेदो खनेर लोकप्रिय बन्न सकिन्न । एमालेवाट चुनावमा भोगेको पिडा व्यक्त गर्दा देशको सुरक्षा निकाय कर्मचारी, प्रशासन, सेना प्रहरी विदेशी सहयोगी दाता समूहमाथि जसरी अविस्वास गरियो त्यसले भोलि एमालेलाई असर गर्छ कि गंदैन ? नेतृत्वले ख्याल गरेन । युवाहरुलाई जसरी पनि दवाउने पुराना अनुहारकै बाहुल्यता देखिने शैली प्रदर्शन भएको छ । त्यसले पार्टीलाई असर गर्छ ।
सुहाङ नेम्वाङ संंसदीय दलको नेताका रुपमा उम्मेदवार बन्न खोज्दा समर्थक र प्रस्ताक नपाउनु अस्पतालबाट अध्यक्षले नै युवाहरुका भावनालाई वेवास्ता गर्नु दलीय रुपमा उचित थिएन । पाटी कार्यालय च्यासलबाट प्रेसमाथी आक्रमण प्रदर्शन गर्नु पनि एमालेका लागि घातक हो । विद्यार्थी तथा युवाले पार्टी कार्यलयमा आक्रोश प्रकट गर्नु पर्ने त्यो अवस्था किन ल्याइयो ? जसले पार्टी र जनतासंग समन्वय गर्छ र गथ्र्यो । उपाध्यक्ष रामवहादूर थापालाई दलको नेता बनाउनु संसदमा देखाउनका लागि राम्रै होला तर जनता र कार्यकर्ताको लागि त्यो निर्णय सहमत देखिँदैन ।
नेकपा एमालेले पार्टीकै निर्णयका रुपमा जसरी नेतालाई बोल्न लगाइयो त्यहाँ पदाधिकारीबीचमा छलफलसमेत नभएको छनक उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराईको सामाजिक सञ्जालको प्रस्तुतीले छर्लङ्ग पारेको छ । अध्यक्ष ओली अस्पतालमै बसेर पार्टी चलाउँदाको परिणाम निर्वाचितवाट पाटीले भोगेको पराजय को आकोश हो ।

