भदौ २४ को प्रतिवेदन किन लुक्यो ?

राजनीति समाचार

काठमाडौं । अपराधसहितका ज्ञाता पूर्व एआईजी विज्ञानराज शर्माका कारण गौरी बहादुर कार्की छानविन आयोगको प्रतिवेदनको अंश लुकको छ । तीनै शर्मा प्रहरी सेवामा रहँदा चतुरता प्रदर्शन गर्थे । प्रहरी सेवाका निरीक्षक, डिएसपी, एसपी, एसएसपी र डिआईजीसम्म राज्य दोहन गर्ने प्रतिस्पर्धा हुन्थ्यो । जिल्लाका प्रमुखहरुले एक वर्षमा ५÷७ करोड सजिलै कमाउने बताइन्छ । प्रहरीलाई आम्दानी हुने गैरकानुनी अपराधका हर्ताकर्ता छन् । म खान्न साधु हुँ भन्नै पर्दैन । विज्ञानराजले त्यो बुझेर नै जेनजी आयोगको प्रतिवेदन अपुरो बनाएका हुन् ।

कार्की आयोगको प्रतिवेदन मान्दैनौ अर्को आयोग चाहिन्छ भनेर एमाले भन्दैछ । एमालेले सर्वोच्चकै बहालवाला न्यायाधीशहरु खोजेको छ । जहाँ कांग्रेस र एमालेको कोटाका न्यायाधीशहरु रहेका छन् । कांग्रेसका रमेश लेखकको पक्षमा सडक तातेको छैन । एमाले अध्यक्षको पक्षमा पार्टीभित्र समेत आक्रोश छ । कार्यकर्ताले भेदभावपूर्ण कारबाही बन्द गर्नुपर्ने भनेका छन् । आयोग नै गत भदौ २३ मा मात्र केन्द्रित हुँदा २४ को विध्वंश र क्षति किन लुक्यो ? विज्ञानराज शर्माको चतु¥याईँ यहीँ लुकेको छ ।

उनी २४ को घटनाको छानविन आयोग बनेको खण्डमा पुनः जागिर खाने दाउमा रहेका छन् । विज्ञानराजलाई बैले चिन्छन् । उनले म साधु हुँ, प्रहरी सेवामा रहँदा शुद्ध थिएँ भन्नै पर्दैन । उनकै कारणले आयोगले भदौ २४ गतेको सबै रिपोर्ट संकलन गरे तापनि प्रतिवेदनमा समावेश नगरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *