विवादितलाई राष्ट्रपतिबाट विभूषित

प्रमुख राजनीति

काठमाडौं । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने गम्भीर आर्थिक चलखेलमा फसेको आरोप लागिरहेकै बेला उनी राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विभूषित भएका छन् । न्यौपानेजस्तै अर्को भ्रष्टचारको आरोपमा डामिएका संगीतकारले पनि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पदक थापे । उनी हुन सुरेश अधिकारी । अधिकारी संगीत रोयल्टी संकलन समाजका पूर्व अध्यक्ष हुन् । उनीसहित वर्तमान अध्यक्ष महेश खड्काहरुको मिलेमतोमा स्रष्टाको करोडौं रकम हिनामिना गरे । सो उपर अहिले पनि छानबिन चलिरहेको छ । तर तिनै भ्रष्टको आरोप लागेका व्यक्तिले पदक थापे राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट । यस्तै आर्थिक अपराधमा संग्लग्न छन् एनआइसी एसिया बैंक र त्यहाँका सिइओ रोशन न्यौपाने र विजनेश विभागका प्रमुख अर्जुन खानिँया । यी दुईको मिलेमतोमा लिलाम बदरको लागि अदालतमा मुद्दा चलिरहेको घर जग्गा बेच विखनका लागि टेन्डर गरेर धरौटीको रकम भने पचाउने गरेको भेटिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ म्हेपीको वडा नम्बर १६ कित्ता नम्बर ७६३ मा रहेको २१०।६१ वर्ग्किलोमिटर क्षेत्रफलमा रहेको एक घरलाई लिलाम बदरमा मुद्दा चल्दा चल्दै ठेक्का खोली ठेक्का परेको नाटक गरी धरौटी बापतको रकम ठगी भएको भेटिएको हो । बैंकका कर्जा असुली विभागका प्रमुख समेत रहेका खनिया र सिइओ न्यौपानेको मिलेमतोमा यस्तो धन्दा हुने गरेको भेटिएको हो । काठमाडौंको म्हेपी घर भएका महेन्द्र मिश्रको करोडौंको घर जग्गा लिलाम गरेपछि लिलाम विरुद्ध अदालत गएका मिश्रको जग्गा बैंकले मुद्दा चल्दै गर्दा विक्रीको लागि टेन्डर खोलेको भेटिएको छ । श्रेष्ठले सात बर्ष अघि एनआईसि एशियाबाट सात करोड ऋण लिएको थिएँ । तर बैंकले सम्झौता विपरित एक बर्षमै उनलाई सडकमा ल्याइदियो सो घर नै लिलाम गरेर त्यो पनि एक बर्षमै । श्रेष्ठका अनुसार उनले यो बीचमा बैंकलाई एक करोड चालिस लाख बुझाइसकेको सुनाए । अझैं पनि किस्ता तिर्दैछन् । तर यो बीचमा एक बर्ष नपुग्दै पत्रिकामा लिलामीको सुचना निकालिएको हो ।

श्रेष्ठका अनुसार सुरुमा उनको घरको मूल्यांकन गरिएकोथ्यो २ करोड ५० लाख । र उनले आफ्नो उद्योग एन्टिक हिमालयन फर्निचर उद्योगको नाममा चार करोड ५० लाख ऋण स्वीकृत गरी ऋृण लिन सफल भए । सात बर्षमा ऋृण तिर्ने सम्झौता गरेका थिए । तर बर्ष दिन नबित्दै उनको घर बैंकले खाइदियो । लिलामीको सूचना निकालेर त्यो पनि १ करोड ९० लाखमा रुपैंयामा । श्रेष्ठले घर लिलामी गरेपछि पनि उनले मासिक १० लाख रुपैयाँ बैंकलाई बुझाउँदै आएको छन् । उनै श्रेष्ठ न्याय खोज्दै काठमाडौं जिल्ला अदालत पुगेका छन् । लिलाम बदरका लागि । यसरी लिलाम बदरको मुद्धा दायर भएपछि काठमाडौं जिल्ला अदालतले ०७५ चैत्र मा जग्गा रोक्का राख्न आदेश दिएको भए पनि बैंकले भने अर्को व्यक्तिलाई बेच्न टेन्डर खोलेको र टेन्डरमा आएका एक व्यावसायीको धरौटी बापतको २४ लाख ५० हजार ठगी गरेको स्रोतले बतायो । यसरी लिलाम बदरमा परेका अन्य जग्गाहरु समेत बैंकका अर्जुन खनिया र सिइओ रोशन न्यौपानेको मिलेमतोमा बेचविखनका लागि टेन्डर आह्वान गर्ने र धरौटी बापतको रकम भने ठगी गर्दै आएका छन् । यसरी सर्वसाधरणलाई ऋृण दिएर उठीबास लगाउँदै आएका उनै रोशन न्यौपानेले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रवल जनसेवाश्री ९चर्तुथ श्रेणी० सम्मान थाप्न सफल भएका छन् ।