‘लकडाउन’ को पालना गरौं, कोरोनाबाट बचौं : सांसद मोहन आचार्य

प्रमुख राजनीति वाग्मती प्रदेश

विश्वमा महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड –१९) नेपालमा पनि ९ जनामा देखा परिसकेको छ । यसको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थप गर्ने निर्णय गरेको हो। सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ। पहिलो चरणमा सरकारले एकसाताका लागि अर्थात चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यस्तै सरकारले दोस्रो चरणमा थप एकसाताका लागि चैत २५ गतेसम्म लकडाउनको अवधि थप गरेको हो।

सरकारको यो निणर्यले देश ठप्प छ । स्वास्थ्य भन्दा काम ठुलो होइन भनेर सबै पक्षबाट यो कदमको पालना भइरहेको छ । रसुवाका सांसद पनि सरकारको लकडाउन कदम स्वागतयोग्य भएको बताउँछन् । रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यले लकडाउन नियम आफूले पालना गरिरहेको बताउँदै सबैलाई कोरोनाबाट बच्न सरकारले बनाएको नियम पालना गर्न समेत सुझाएका छन् । उनी भन्छन्  ‘विश्वभरीनै कोरोना भाइरसले आतंक मच्चाएको छ । यो अवस्थामा सरकारले गरेको लकडाउन पूर्ण रुपमले पालना गर्नुपर्ने मेरो धारणा छ । यो आफ्नै लागि हो । अहिलेको समय घरमा बस्नु, बाहिर ननिस्किनु भनेको सुरक्षित हुनु पनि हो । सावधानी कोरोनाबाट जोगिने सबैभन्दा राम्रो उपाय हो । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *