सशस्त्रमा गाडीका पाटपुर्जा चोरी आइजिपी रमिते

समाचार

काठमाडौं । सशस्त्र प्रहरी बल काठमाडौंमा कोरिया सरकारबाट भूकम्पलाई लक्षित गरी सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको डोजर डोवमा लाग्ने मोविल गियर, आयल टायर, ग्रिज इत्यादि सामानहरूमध्ये डोजर विपद कार्यको लागि विभिन्न स्थानमा पठाएको तर उक्त डोजरको लागि प्राप्त भएको सामान भने सशस्त्र प्रहरी बलको हेडक्वाटर सवारी शाखामा ३ वटा कोठामा स्टोर गरिराखेकोमा हाल उक्त सामान असई रामहरी भारती र सहायक हवल्दार राजन भट्टराइले सरकारी गाडीमा राखेर बहिर ग्यारेजमा लगेर बेचिएको एथेष्ट प्रमाणसहित रिट परेकोले सशस्त्रको वरिष्ठ अधिकृतको संयोजकत्वमा छानविन सुरु भएसँगै निजहरूलाई १९ नं .गणमा लगिएको थियो । तर, निज व्यक्तिहरूले शाखा प्रमुख एसपी प्रमोदकुमार साहको आदेशमा गरेका भन्ने कुरा खोलेसँगै एसपी साहले हाकिमहरूकोमा कुरा बाहिर ल्याउने व्यक्तिहरूलाई छुटाछुट्टै भेटी हार–गुहार गरेका छन् । विश्वासपात्र राजन भट्टराई, साहले कुनै हालतमा कारबाही हुन नदिने बयान दिएका छन् । कानुन शाखाले छानबिन अगाडि बढाएसँगै सामान चोर्ने व्यक्तिहरूले सफाइ पाउन लागेका छन् । १९ गणबाट समेत फिर्ता भई पुरानै स्थानमा राखिसकेका छन् साहले । एक हजारको घडी, मोवाइल चोर्ने व्यक्तिलाई भने योभन्दा अगाडि सशस्त्रले जागिरबाटै बर्खास्त गरेको थियो । तर, लाखौँको सामान सरकारी गाडीले लाभ लिइरहँदा कतिसम्मको कारबाही हुन्छ । त्यस्तै, सवारी शाखामा कार्यरत अर्का सिनियर हवल्दार रमेश खड्काले विभिन्न निकायहरूमा भनसुन गरी श्रीमती सञ्जना कार्कीलाई अनबोल मिसनमा पठाएका छन् । जुन सन्जनाभन्दा दर्जा सिनियर अरु हुँदाहुँदै पनि मिसन पठाएको छ महिना बितिसकेको छ ।
मिसन पठाउनको लागि तयारी अवस्थामा राखिएका गाडीका पार्टपूर्जा ६४ वटा हिनामिनामा सिनियर हवल्दार सुवेदीलाई पनि १९ गणमा लागी छानबिन भइरहेको छ । मिसन लाइबेरियाबाट फिर्ता आएका गाडीहरू पुन अर्को मिसनमा पठाउन तयारी भइरहँदा प्रायः सबै सामानहरू नयाँ फेरिएको छ भने पुराना सामान टायर व्याट्रीजस्ता महत्वपूर्ण सामान भने एसपी साहका विश्वासपात्र भट्टराईले बेचेर ठूलो मात्राको रकम लिएको घामजस्तै छर्लङ्ग भएको छ । त्यो बेचिएको सामानको पैसा सशस्त्रको कल्याण कोषमा जम्मा गर्नुपर्नेमा व्यक्तिले लिएको भन्ने धेरैको अवस्था रहेको छ । तत्कालै बलम्बुमा रहेका गाडीहरूमा गएर हेर्दा पनि थाहा हुन्छ की डिक्ससहितै भारतीले टायर लगेका छन् र गाडीलाई ढुंगा लगाएर अडाएर राखेका छन् । लेखामा त्यस्तै भ्रष्टाचार हुँदै नभएको नक्कली बिल मगाएर पैसा लिने असई नवराज राउतलाई छानबिन कसले गर्ने पीडितहरूको गुनासो छ । विभागबाट छानबिन नभएर छानबिन फितलो भएको अख्तियार, गृहमन्त्रालय र मन्त्रालयसम्म जाने पीडितहरू बताउँछन् । यता सशस्त्रमा व्यापक भ्रष्टाचारको समाचार तामाकोशी सन्देशमा बारम्बार प्रकाशित भएको छ । उता आमीर लेखा शाखाले गृह मन्त्रालयसम्म पु¥याए बाँडी खाने गरेका छन् । अहिले राजनीतिक दलको कारण सशस्त्र प्रहरी बललाई चाहिने सामानसमेत नक्कली बिल बनाई गरेको भ्रष्टाचारका बारेमा कुनै पनि निकायले छानबिन गरेको छैन । गृह, लेखा र आइजीको मिलेमतोमा वृत्तिविकासको काम समेत हुन छाडेको एक पीडितले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *