कांग्रेसको इतर पक्षमा विश्वासको संकट

राजनीति

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदबाट शेरबहादुर देउवालाई लखेट्न खोज्ने रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहमात्र छैनन्, अर्जुननरसिंह केसी, डा.रामशरण महत, कृष्ण सिटौलाले समेत सभापति पदको दाबी गरेकै छन् । कोइराला परिवारको वंशीय अवधारणमा डा.शशांकले महामन्त्री पद पाएअनुसार पार्टीको सैद्धान्तिक र नीतिगत काम गर्न नसक्दा नेतृत्व र क्षमतामा शंका उब्जाएको छ । बिपी पुत्रको निर्वाचित महामन्त्री बनेका डा.शशांकलाई पुनः नेतृत्वमा ल्याउनुको सट्टा डा.शेखरलाई अगाडि बढाउने कार्यकर्ताको ठूलो समुहको चाहना छ ।
एकले अर्काको विश्वास नगर्ने, आफ्ना लागि मात्र ठाउँ खोज्ने नेताह भएकाले छरिएर रहेका कार्यकर्ताले पार्टीको लागि जो सक्षम छ, आवश्यकता जसको छ उसैलाई चुन्ने अवस्था आउँदै छ । कांग्रेसमा देउवाको प छि लागेर रानजीतिक उचाइमा पुगेका विमलेन्द्र मात्र बन्दै छन् । स ंस्थापन पक्षका शेरब हादुरलाइृ पराजीत गर्नेह नै आफै बीचमा एक भएका छैनन् । देउृवाले आफैले गराएकोल चुनावबाट आफ्नै पार्टि पराजीत भएकोले पुपन अवस्थामा पार्टीलाइृ पु¥याउने घोषणा गर्दा केही विग्रेको छैन । तर क्रियाशिल सदस्यता विवाद गराउर अवपजनस दिने योजनामा रामचन्द्र लागि परेका छन् । उनीहलाई एकको अर्कामा विश्वास छैन । वार्ता गर्ने पदाधिकारीमा उठ्ने नहोला भन्न सकिन्न ।
जो कांग्रेसको वैधानिकता ध्वस्त होस् भन्ने चाहान्छ त्यो समूह पूर्वराज ज्ञानेन्द्रका पुच्छरमार्फत भदौको महाधिवेशन सर्ने प्रचार गर्दै छन् । कांग्रेसमा तीनजना सभापतिको उम्मेदवार हुने छन् । अवसर र कृपाको राजनीति गर्ने र कार्यकर्ता चिन्नेहरूको बीचमा हुने लडाइँमा २१औँ शताब्दीको कांग्रेस कस्तो बनाउने भन्ने युद्ध साउनदेखि जिल्ला नेतृत्व चयनको अवस्थाले झल्काउने बताइन्छ ।
यतिखेर ७७ जिल्लामा पार्टी सभापति बन्ने होडबाजीको लडाइँ छ । काठमाडौं, ललितपुर झापा, मोरङजस्ता ठूला र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने जिल्लामा हुने पार्टी सभापतिले महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छनोटमा प्रभाव पार्ने भएकाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्रको ध्यान तानेको छ । एक पदमा ५÷७ जना मिलाउने स्थिति केन्द्रमा जस्तो जिल्लामा छैन । पदकै लागि ७७ जिल्लामा ३८८ दाबेदार छन् । प्रत्येक उम्मेदवारको आकांक्षीले रामचन्द्र पौडेल, शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा.शंशाक, शेखरको साथ खोजेको अवस्था छ । स्थानीय तहमा ठेकदार र तस्करलाई टिकट दिएर सत्ता कब्जा गरेका दलहरूले पार्टीको महाधिवेशनमा समेत तीनैलाई अगाडि सारे भने नौलो हुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *