गौतमसँग मिलेर १५ लाख क्वाप्प

प्रशासन

काठमाडौं । जहाँ प्रवेश ग¥यो त्यहाँ भाँडभैलो मच्चाउने नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल अहिले पनि विवादमा तानिएका छन् । हुकाम कम्पनीको कारण सरकारले पैसा तिरेर पनि भारतको सेरम कम्पनीसँग कोरोना भ्याक्सिन ल्याउन सकेन । प्रतिडोज ४ डलरको भ्याक्सिन ढुवानीसहित सेरमले काठमाडौंमा ल्याइदिने सम्झौता गर्दा हुकाम कम्पनी बदनाम बन्यो । यो टोलीले प्रतिडोज ६३७ मूल्य कायम गरेर ३४ करोड ३७ लाख कमिसन खाएको आरोप लागेको छ । महासचिव पोखरेलले मन्त्रालयलाई उक्त सम्झौता कार्यान्वयन गर्नका लागि दबाब दिएका थिए । जुन दबाब स्वास्थ्य मन्त्रालयले स्वीकार नगर्दा नेपालले भ्याक्सिन पाएन । अन्य देशमा भएको भए भने त्यो मुद्दा अन्तर्राष्ट्रिय अदालत पुग्ने थियो । नेपालका १३ लाख नागरिए सेरम खोपको पर्खाइमा बसेका छन् । भारतले नदिएपछि उनीहरूले लगाएको पहिलो डोजको खोप काम लागेन । पोख्रेलले डा. जागेश्वर गौतमसँग मिलेर रु १५ करोडको ठेक्का मिलाएको आरोप लागेको छ ।
वीर अस्पतालको नयाँ भवनमा भेण्टिलेटर मोनिटर खरिद गर्न भ्याक्सिम इन्कर्पोरेशन ट्रेडस प्रा.लिलाई दिइएको छ । सुन्दर भुसाल नामका व्यक्ति त्यो कम्पनीका मालिक हुन् । यस अगाडि पनि त्यही कम्पनीले रु १२ करोडको काम पाएको थियो । भेण्टिलेटरको लागि आवश्यक मनिटर २ करोड ७६ लाखको अर्को ठेक्का पनि गौतम वीर अस्पतालमा आएपछि बदनाम भएको छ । जबकी त्यसले भेण्टिलेटर प्यासेन्ट मनिटरको कारोबार गरेकै थिएन ।
डा.जागेश्वरले भुसाललाई कम्पनी खडा गरेर काम दिनुको कारण कलेजमा भएको लगानी हो । सुन्दर भुसाल क्यानभास कलेजका लगानीकर्ता मध्येका ठूला व्यापारी हुन । ग्यालेक्सी इन्भेट र युनिफाइड अस्पतालसँग डा.जागेश्वरको नाम जोडिएको छ । कोरोनाको नाममा जनताले दुःख पाएका छन् भने राजनीतिज्ञ र ब्युरोक्रेसीलाई कमाइको मौका मिलेको छ । अस्पतालको नाममा गरिएको भ्रष्टाचारमा ईश्वर पोखरेल बालुवाटारमा जोडिनु कुनै नौलो कुरा होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *