राप्रपाको पार्टीमा पत्रकार गुम्नाम

राजनीति

काठमाडौं । नेपाली कांग्रेस र कम्युनिस्टको प्रभावले ढपक्क भएको सञ्चार क्षेत्रबाट राप्रपा बेपत्ता छ । गणतन्त्रमा राजासहित राख्ने व्यवस्था ल्याउन खोज्ने राप्रपाको पार्टी सञ्चार क्षेत्रले त्याग्नुको कारण स्पष्ट पार्टीको नीति र सिद्धान्त नहुनु हो । कमल थापा, पशुपति शम्शेर, डा. प्रकाशचन्द्र लोहनी राप्रपाको अध्यक्ष मण्डलमा रहेका छन् । उनीहरूले अध्यक्ष पदको अपेक्षा गर्दा राजेन्द्र लिङदेन, विक्रम पाण्डे, भुवन पाठक, धवल शम्शेर जबराहरूको फरक–फरक टिम बनाउँदा फाइदा छैन ।
राप्रपालाई सरकारमा लैजाने ठाउँ संसदीय मोर्चाभित्र छैन । एक सिट भएको राप्रपा ओली सरकारको सहयोगी थियो । कांग्रेसले साथ लिने चुनावमा हो । राप्रपालाई लिएर कांग्रेसले पशुपति र कमल थापालाई सहयोग दियो । तर, चुनाव उनीहरूले जित्न सकेनन् । संसदमा कमजोर देखिँदादेखिँदै पक्षलाई मोर्चा प्राप्त हुन्न । अब राप्रपाको हालत त्यस्तै हुन्छ । मंसिरमा महाधिवेशन गर्न भनेको राप्रपा प्रचारमा हराउनुको कारण सैद्धान्ति विचलन भएकोले हो ।
ओली सरकारको असंवैधानिक कदमको विरोधमा सबै लागे । तर, कमल थापाले साथ दिएका थिए । अदालतले संसदको स्थापना ग¥यो, राप्रपाले संसद त्याग्न सकेन । संसद पद त्याग्न नसक्ने चुनावी एजेण्डा अगाडि सार्ने पक्ष पनि यहाँ फसेको छ । तर, पद र भत्तामा फसेपछि यसरी नै बिलाइन्छ भन्ने उदाहरण हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *