कांग्रेस र कम्युनिस्ट नेता नांगै

राजनीति

काठमाडौं । नैतिकता र निष्ठा गुमाउँदै राज्यकोषको दोहन गर्ने पार्टी नेतृत्वले नेपाली जनताको संघीय लोकतान्त्रिक व्यवस्थाप्रतिको आस्था र विश्वासमा भाँजो हाल्दै आएका छन् । नेकपाको नाममा ३ वर्ष, नेकपा एमालेको ओली समूहको नाममा ११ महिना एकलौटी रूपमा चलेको देशको सत्ता अहिले बिचौलिया र माफियाको संरक्षक बन्न पुगेको प्रमाणित हुँदैछ ।
पैसाको लागि सिद्धान्त च्यूत भएको कांग्रेस र कम्युनिस्टको कारण प्रतिगमनको मतियार र योजनाकारहरूका कारण जनताले आन्दोलनबाट खरानी बनाएको २३४ वर्षीय राजतन्त्रको अवशेषरूपी ज्ञानेन्द्र शाह सडकमा आउने आँट गर्दैछन् । प्रज्ञा प्रतिष्ठान, नेपाली सेनाजस्ता राज्यस्रोतबाट चलेका संस्थाहरूले सरकारबाट अस्वीकृत भएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गरेर पूर्वराजालाई सघाएका छन् । पृथ्वी नारायण शाह राष्ट्रिय एकताका प्रतिक हुन सक्दछन्, तर उनको सम्झना सरकारले नगर्ने, सेना र प्रज्ञा प्रतिष्ठानले गर्र्नु भनेको कांग्रेस र कम्युनिष्टले लुट्ने माध्यम बनाएको गणतन्त्रको संरक्षण र संवद्र्धन कसरी हुन्छ ? शंका छ ।
शाहवंशीय इतिहासमा पृथ्वीनारायण शाह, त्रिभुवन वीर विक्रम शाह र राजा वीरेन्द्र शाह देशभक्त र जनताका प्यारा थिए भने राजा महेन्द्र कूटनैतिक र विकास प्रेमी थिए । यो कुरा राजतन्त्रकै विरोधी कम्युनिस्टहरूले स्वीकार्ने गर्दछन् । कम्युनिस्टहरू कांग्रेस र पूर्वपञ्चहरूभन्दा पनि व्यक्ति स्वार्थमुखी र गुटबन्दी परिवारवाद हाबी भएको नेकपाको नेतृत्वमा गठन भएको सरकार र त्यो सरकारले चलाएको ४१ महिने शासनले देखाइसकेको छ ।
अहिले कम्युनिस्ट सरकारको कुकर्म धमाधम बाहिरिएका छन् । कांग्रेसको नेतृत्वमा २ कम्युनिस्ट पार्टी सत्तामा छन् । एउटा घटक सडकमा छ । घमण्ड र अहंमताले सडकमा पुगेको त्यो घटक ४ नम्बर प्रदेशमा बागडोर सम्हालेको थियो । नेतृत्व जनताको हितभन्दा गुटको सेवक बनेका कारण पार्टीहरू सामुहिक होइन, गुटबन्दीमा एकल हैकमवाद शैलीमा चलेका छन् । यो शैली चिर्न पाँचदलीय गठबन्धनले सकेको छैन । नेपाली प्रेस सूचना संप्रेषणमा दरिलो भएकोले विगतका अपराध र वर्तमानका कर्मकाण्ड छरपस्ट हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *