डिएसपी अमेरिका जाँदा निरीक्षकको मस्ती

समाचार

काठमाडौं । आइजिपी शैलेश थापाले दया देखाएका र आफ्नै सचिवालयमा हैरान बनाएका डिएसपी देवेन्द्र पौडेल ३५ दिने बिदामा अमेरिकी ग्रिनकार्ड होल्डर श्रीमतीलाई भेट्न जाँदा रसुवामा निरीक्षक गणेश सापकोटाको दिन खुलेको छ । चिनियाँ तस्करीको नाकाको रूपमा रसुवाको टिमुरे क्षेत्र बद्नाम छ । प्रशासनका एआइजी र एसएसपीलाई मासिक बुझाएपछि रसुवा जान सकिने भएकाले त्यहाँ जान दौडधुप चल्न थालेको छ । गत मंसिर २२ गतेदेखि बिदामा बसेका डिएसपी पाण्डे महिनादिनको बिदा लिएर ३५ दिन पुग्दासमेत जिल्लामा उपस्थित नहुँदा भ्रष्टको उपमा पाएका निरीक्षक गणेश सापकोटाको दिन खुलेको हो ।
गत वर्ष रसुवाको कमाण्ड गर्न पुगेका डिएसपी पाण्डे आइजिपी शैलेश थापाका विश्वास पात्र भएकाले एआइजी विश्वराज पोखरेल र एसएसपी दीपक थापाले उनको बारेमा खासै खोजी गरेका थिएनन् । बालुवाटार र गृह मन्त्रालयले पठाएको सूचीभन्दा तलमाथि नहुने सरुवा बढुवामा यसपटक व्यापक पक्षपात मात्र नभई प्रहरीको कथित ‘चेन अफ कमाण्ड’ भुत्ते भएको छ । नेपाल प्रहरी केवल कांग्रेस र एमालेको भगिनी संगठन बन्न पुगेको छ । त्यो संगठनमा निष्पक्षता र कार्यक्षमता हेर्न छाडिएको छ । अहिले डिएसपी कुलदीप चन्द रसुवा जान पूर्वएआइजी एवं अख्तियारका आयुक्त जयबहादुर चन्द मात्र नभई प्रधानमन्त्रीका भतिजा भानु देउवाको सेवक बन्न पुगेका छन् ।
प्रहरी सूत्रका अनुसार रसुवा, दोलखा, म्याग्दी, रामेछाप, रुकुमपूर्व, ओखलढुंगा, रुकुमजस्ता जिल्लामा कमाण्ड लिन डिएसपीहरूको हानथाप हुने गर्दछ । बद्नामले स्थान पाउने, गुप्तचरबाट आएका भष्मासुरले नै प्रशानमा पहुँच पु¥याउने भएकाले प्रहरीभित्र ठूलो चलखेल हुने गरेको छ ।
सोर्सफोर्स नहुनेलाई कमाण्डबाट कमाण्डमा पठाइँदैन भन्ने एआइजिपी विश्व पोखरेलले आइजिपी बन्नका लागि गृह र बालुवाटारले जे भन्छ त्यही गर्ने गरेका छन् । कार्य विभागका एआइजी सहकुल थापाले मेट्रोमा आउन गृहमन्त्री बालकृष्ण खाँडलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको दबाब दिन लगाएका छन् ।
भक्तपुर घर भएका थापाले थर मिलेको कारण कांग्रेसबाट फाइदा लिएका छन् । मेट्रोका हरि पालले भारतीय तीनजना नागरिकलाई सोझै सीमामा भारतीय प्रहरीलाई बुझाएको घटनाले राम्रै स्थान पाएको छ । बालुवाटारको आड र सुदूरपश्चिमको नाताले पाल जोगिएका छन् । नेपाल प्रहरीको बद्नामी डिआइजीबाट एकैपटक एआइजी बन्ने प्रथाबाट भएको हो । राजनीतिक हस्तक्षेपले ग्रस्त यो जमात अपराधी, चोर र गुण्डाको रक्षक बन्नबाट पछि हटेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *