सडकमा सरकारको नांगो नाच

समाचार

नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले एमसिसीको नाममा सडकमा नांगो नाच नाचिरहेका बताएका छन् । शनिबार काठमाडौंमा भएको दोलखा काठमाडौं सम्पर्क मञ्चको ११ औँ सम्मेलनमा महासचिव पोखरेलले एमसिसी सम्झौता गर्ने कांग्र्रेस र माओवादी र आज आन्दोलन पनि उनीहरूले नै गरिरहेको बताए । त्यो उचित कार्य नभएको उनको भनाइ थियो ।
एमसिसीको बारेमा सत्तामा बस्नेले निर्णय गर्नुपर्छ महासचिव पोखरेलले भने हामीले दोक्ला कुरा गर्नेसँग प्रश्न गर्ने समय हो । यस्तै कार्यक्रममा मञ्चको आगामी बन्ने टिमले नयाँ योजनाका साथ अगाडि बढ्न शुभकामना दिए, महासचिव पोखरेलले भने । यति बेला एमाले पार्टीविरुद्ध चौतर्फी हमला भइरहेको उनको भनाइ छ । प्रचण्डको दैनिकको कुरा बदल्ने नियतले गर्दा उसलाई रङ बदल्ने छेपारोजस्तो भन्न बाध्य भएको हो, उनले भने, हामी चुनाव माग्दै छौँ, उनीहरू भाग्दैछौँ । पहिलो घोषणा गरेको चुनाव नै कानुनसम्मत ठहर हुन्छ । उनले अहिले जे–जे देखिरहेका छन्, त्यो चुनाव सार्ने षडयन्त्र रहेको उनले बताए ।
नेकपा कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष कमरेड केपी शर्मा ओलीविरुद्ध जे–जे विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित गरे । त,र पनि प्रचण्ड र माधव नेपालको साथमा रहनेहरू अझैं अध्यक्ष ओलीलाई नै समस्या मान्दै छन् । यी तथ्यहरूले अव त सत्यसँग लड्न सकिँदैन र हुँदैन भन्ने चेतना उनीहरूमा समेत आउनु पर्ने हो । उनले जनादेश खण्डित भएको अवस्थामा जनतामा जाने कुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानीय चुनाव अगावै वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव राखे । तर, उनीहरूको प्रस्ताव एमाले र नेपाली कांग्रेस दुवैले अस्वीकार गरे । पाँच वर्ष नपुग्दै चुनाव गर्नु गलत भए स्थानीय चुनाव रोक्ने गरी वैशाखमै प्रतिनिधिसभाको चुनाव गर्ने प्रचण्ड प्रस्ताव पनि त गलत हुन्थ्यो होला नि ? भनी प्रश्न गरे ।
उनले केपी ओली प्रधानमन्त्री हुँदा ४० प्रतिसत संसद्ीय दलका सदस्य भए दल विभाजन गर्न पाउने गरी ल्याएको अध्यादेशको विरोध गरे । ‘नेकासमेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर, पछि २० प्रतिसतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसँगै उक्त अध्यादेश फिर्ता लिए’ उनले भने, ‘पार्टी एकताका लागि प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्नु पर्ने मागसहित एक व्यक्ति एक पदको कुरा गरे । तर, पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपाल दुवै आफैँले अघि सारेको मान्यताविपरीत पार्टी र दल दुवैको एकसाथ नेता बन्न पुगे । नेकपा कालमा सभामुखमार्फत् संसद््मा एमसिसी टेबल गर्नमा रोक लगाए । तर, कांग्रेसले दबाब दिने वित्तिकै सभामुखमार्फत् संसद्मा टेबल गर्न लगाए । एमसिसीमार्फत सहायता पाउनका लागि आफू सरकारमा रहँदा पत्राचार गरे । सरकारमै रहेका बेलामा सम्झौतासमेत गरे । तर, एमसिसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर, अहिले सत्ताबाट बाहिरिने त्रास बढेपछि एमसिसी पास गर्न तयार भए ।’
महासचिव पोखरेलले नेकपा गठनपछि आफैंले छोडेको र पार्टीले अस्वीकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागेको आरोप लगाए । तर, पछि सरकारमा आफ्नो नेतृत्वको दाबी छोडेर संसद्मा आफ्नो हाराहारीमा रहेको कांग्रेसको नेतृत्वको सरकारमा निशर्त सहभागी भएको स्मरण गर्दै नेकपा कालमा सबै सूचकहरूले सरकारको काम राम्रो रहेको देखिदादेखिँदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरेको बताए । उनले अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउँदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेको आरोप लगाए ।
महासचिव पोखरेलले माधव नेपालले सदैव आफूलाई विधि र पद्धतिको पक्षमा रहेको दाबी गरे पनि अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धति उलंघन गर्ने नेताका रुपमा आफूलाई प्रस्तुत गरेको दाबी गरे । ‘अदालतमा सेटिङको आरोप केपी शर्मा ओलीमाथि लगाउने काम गरे । तर, अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङबाट निर्माण भएको पुष्टि हुन पुग्यो’, उनले भने, ‘अदालतमा विचाराधीन मुद्दा र स्थानीय निर्वाचन सार्नका लागि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने काम गरे । निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए । नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावनाविपरीत महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चँदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाए । तर, अदालतमा नेकपाको नाममा विचाराधीन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे ।’ यतिबेला माधव नेपाल र प्रचण्ड दुवै अलग–अलग पार्टीको मुखिया बन्न पुगेको उनको भनाइ छ । ‘हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर, आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलीय गठवन्धन अपरिहार्य रहेको बताउन थालेका छन् । चुनावमा जान खुट्टा कमाइ रहेका छन्’ उनले भने, ‘नेकपा भंग भएपछि नेकपा (एमाले)सँग कुनै प्रकारको सहकार्य गर्न सकिँदैन भन्दै घृणाको राजनीति गरे । जब एमसिसी प्रकरणमा कांग्रेसले सरकारबाट हटाउने कुरा गर्न थाल्यो तब नेकपा (एमाले)सँग वामपन्थी सहकार्यको प्रस्ताव राख्न पुगे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *