काठमाडौं । नेकपा माओवादको जनयुद्धको कमाण्डरको फुर्ति अब काम लाग्दैन । संस्थागत ऐनको ख्याल नगर्दा मन्त्री बद्नाम हुन्छन् । माओवादीका नेताहरु पनि यस विषयमा चोखा छैनन्, बद्नाम भएका छन् । कांग्रेस र एमालेले रित पु¥याएर खान्छन् । माओवादी नेताहरुको काम भरपर्दाे र विश्वासिलो पनि छैन । त्यसमा जनार्दन शर्माजस्तो धुन्धुकारीलाई अर्थमन्त्री बनाइएको छ । अर्थमन्त्री जनार्दन शर्माको लगानी रहेको जनमैत्री अस्पतालको सुस्तता केलाउने काम गर्ने आँट कसैलाई छैन । माओवादी सफल बनोस् भन्ने टिमकै अभावमा जनार्दन शर्माले बझाङका पृथ्वीबहादुर शाहको शंकास्पद ४० करोड काण्डमा फस्न पुगे । जनार्दनलाई चुनाव खर्च जुटाउनु थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सफल हुन दिएनन् । अधिकारी राष्ट्र बैंकबाट अवकाश भएपछि लगानी बोर्डमा ४ वष्र्या बिताएका थिए । नेकपाको सरकार भए पनि केपी ओलीले एकलौटी बनाएका तत्कालीन सरकारले प्रतिस्पर्धा बिना अधिकारीलाई गभर्नर बनाएका थिए । अधिकारी र अर्थमन्त्री शर्माको समन्वय नहुँदा राष्ट्र बैंकले सरकारलाई अर्थतन्त्रको बारेमा जानकारी गराउने संस्था हो भन्ने तर्फ गभर्नरले पनि ध्यान दिएनन् । महाप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्ति गरेपछि अधयक्ष केपीलाई जीहजुरी गरेकै हुन्
पृथ्वीबहादुर शाहको शंकास्पद धन भनिएको पैसा छुटाउने गभर्नरसम्म पहुँच नपुगेको होइन । तर राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणमा मुद्दा पठाउनुपर्ने आवश्यकता थिएन । विदेशबाट ल्याइएको त्यस्तो रकमको छानबिन विगतमा पनि भएका थिए । संसदको सार्वजनिक लेखा समितिले नै यस्ता विषयको बारेमा टुंगो लगाउ“थ्यो । अजय सुमार्गीले पनि यस्ता पैसा आफ्नो कम्पनीमा लगार्नी गर्ने गरी ल्याएको थियो । सत्तामा जो पुग्छ, उसैको घमण्ड हुन्छ । सुमार्गी र पृथ्वी शाही एकै प्रकारको शंकास्पद लगानीकर्ता हुन् । अर्थमन्त्रीले सर्वाेच्चका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीलाई गभर्नरको गलत कामको छानबिन गर्न सीमित बनाउनु नै गलत थियो ।
आफू मन्त्री बन्ने आफ्नो लगानीको अनलाइनमा कृष्णबहादुर महरामाथि गच्छदार शैली भन्दै समाचार लेखाउने जनार्दन शर्माले लडाकुको कमाण्डर भए पनि अर्थतन्त्रको कमाण्डर बन्न सकेनन् । गलत बोली र निर्णयले शेयर बजार ओरालो लागेको छ । गभर्नरले पनि मन्त्रीलाई सही सूचना नदिएकै हुन् ।