गुणात्मक र संख्यात्मक रुपमा सीपयुक्त जनशक्ति विकासका लागि प्रतिष्ठान

अन्तरवार्ता

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको नेतृत्व सम्हालेका छन् प्रेमलाल लामिछानेले । देशको वेरोजगारी समस्यालाई महसुस गरी सीपयुक्त जनशक्ति उत्पादनबाट मुलुकको बेरोजगारी समस्यालाई समाधान गर्दा विदेशी कामदारलाई प्रतिस्थापन गरी गरिबी न्यूनिकरण गर्न ठोस योगदान पु¥याई सीपयुुक्त जनशक्ति उत्पादन गरी देशको बेरोजगारी समस्यालाई समाधान गर्दै गरिवी न्युुनिकरणमा सहयोग पुुर्याउने उद्देश्यले स्थापना भएको यस प्रतिष्ठानका कार्यकारी निर्देशक लामिछानेसँग तामाकोशी सन्देशले गरेको कुराकानीको अंश ः
० व्यवसायिक सिप तथा तालिम प्रतिष्ठान भनेको के हो यसको बारेमा आम नेपालीहरुले बुझ्ने सरल भाषामा बताइदिनुहोस न ।
मुलुकको जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार अनुकूलको सीप, अनुभव र ज्ञान प्रदान गरी रोजगारीका अवसरहरुको उपयोग गर्न सक्षम बनाउँदै रोजगारीका अवसरहरुको सिर्जना र प्रवर्धन गर्नु राज्यको प्रमुख दायित्व हो । यही दायित्वबोधका साथ योजनावद विकासको थालनीसँगै २०१६ सालमा विराटनगरमा स्थापित व्यावसायिक प्रशिक्षण केन्द्र, २०३३÷३४ मा हेटौडामा स्थापित श्रमिक आपूर्ति केन्द्र, त्यसैगरी अन्य स्थानमा श्रमिक आपूर्ति केन्द्रका नाममा स्थापना भई संचालनमा आएका तालिम केन्द्र, काठमाडौमा २०३४ सालमा स्थापित केशकर्तन तालिम केन्द्र समेतबाट स्थापना कालदेखि नै वैतनिक रोजगार तथा स्वरोजगारका माध्यमबाट गरिबी न्यूनिकरणमा क्रियाशील रहदै आएको तथ्य सर्वविदितै छ । श्रम प्रधान व्यावसायिक तथा सीप विकास तालिम संचालन गर्ने निकाय धेरै छन् । शिक्षा, उद्योग, भूमिसुधार युवा खेलकुद, सहकारी तथा गरीबी निवारण, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, महिला वालवालिका तथा समाज कल्याण, कृषि विकास, शान्ति तथा पुनः निर्माण लगायतका मन्त्रालय तथा युवा स्वरोजगार कोषबाट समेत व्यावसायिक सीपमूलक तालिम संचालन भएको पाइन्छ । ती मध्ये श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित यस्ता तालिम प्रतिष्ठानले वार्षिक हजारौं संख्यामा जनालाई तालिम प्रदान गरी यस क्षेत्रमा सबै भन्दा वढी तालिम प्रदान गर्ने निकायको रुपमा स्थापित भएको छ । तसर्थ, गुणात्मक र संख्यात्मक रुपमा सीपयुक्त जनशक्ति विकासका लागि प्रतिष्ठानलाई व्यावसायिक तथा सीपमूलक तालिमको नेतृत्वदायी निकायको रुपमा विकास गर्दै लैजानुका साथै तालिम प्रतिष्ठानहरुवाट संचालन गरिने सीपमूलक तालिम कार्यक्रमहरुलाई स्थानीय श्रोतमा आधारित स्वरोजगारमूलक र वैदेशिक रोजगारीको लागि योग्य श्रम शक्ती उत्पादन गर्न व्यवसायिक सिप तथा तालिमको महत्व झनै बढ्दै गएको छ ।
० व्यवसायिक तथा सिप विकास तालिम प्रतिष्ठानले के कस्ता तालिम दिइरहेको छ ?
हामीले विभिन्न तालिम दिइरहेका छौं जस्तो आधारभुत तथा अभिवृद्धि तालीम यस केन्द्र र अन्तर्गत केन्द्रमा जनरल मेकानिक्स, विद्युत जडान, प्लम्बिङ्ग, केश श्रृंगार, कटाई सिलाई, इलेक्ट्रोनिक्स मर्मत, मोटरसाईकल मर्मत, अटोमेकानिक्स, कम्प्यूटर, बेतबांस, ढाका बुनाई, वेल्डिङ्ग, पम्पसेट मेकानिक्स, सिकर्मी, तालीमहरु संचालित छन् । त्यस्तै आवासीय महिला सीप विकास तालीम स्वीकृत कार्यक्रम तथा बजेटको अधिनमा रही लक्षित समूहका महिलाहरुका लागि आवासीय महिला सीप विकास तालीम संचालन गरिन्छ। यस तालीमबाट विपन्न तथा असहाय महिलाहरुमा आर्थिक उपार्जन गर्न सक्ने क्षमताको विकास गरी आत्मनिर्भर बनाउने लक्ष्य लिईएको छ। लक्षित समूहका महिलाहरुलाई दिइने यस प्रकारको आवासीय तालीम अवधिमा खाना सहितको आवासीय सुविधा सम्बन्धित केन्द्रले प्रदान गर्नेछ। हाल यस किसिमको तालीम हेटौंडा र वुटवलमा संचालन भइरहेको छ। २०७२ बैशाख १२ गतेको भुकम्पले भैंसेपाटी केन्द्रको मुख्य भवन पूर्ण रुमपमा क्षति भएकोले आ.व. २०७२÷७३ मा संचालन हुन नसकेको। भवन पुर्ननिर्माण पश्चात पुनः तालीम संचालन गर्न सकिने। यो तालीम अन्य केन्द्रमा समेत विस्तार गर्ने योजना रहेको छ। युवा स्वरोजगार तथा वैदेशिक रोजगारमूलक विशेष सीप विकास तालीम लक्षित वर्गहरु (विशेष गरी दलित, जनजाति, विपन्न एवं पिछडिएका महिला, शहिदका परिवार पुनस्थापित, जनआन्दोलनका घाइते) को लागि प्राथमिकता दिई वैदेशिक एवं यूवा स्वरोजगार सम्वन्धी विषेश सीप विकास तालीम (४ हप्ता देखि ६ हप्ता सम्म) संचालन गरिएको छ। विशेष सीप अन्तर्गत केयर गिभर, सेल्स गर्ल, उड कार्भिङ्ग, सेक्युरिटी गार्ड (महिला, पुरुष), च्याउ खेती, साना होटल व्यवस्थापन, ग्रामिण पशु कार्यकता, स्काफोल्डिङ्ग, सटरिङ्ग कार्पेन्ट्री, स्टिल फिक्स्चर, कूक, थाङ्का पेन्टिङ्ग, नर्सरी व्यवस्थापन, फ्रन्ट अफिस मेनेजमेन्ट जस्ता वैदेशिक एवं स्वरोजगार खालका उल्लेखित लगायत विविध खाले सम–सामयिक राष्ट्रिय÷अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुप थप संख्यामा तालीम संचालन गर्दै लगि स्वरोजगार तथा वैदेशिक रोजगारको अवसर उपलब्ध गराई यूवा वर्गको आय आर्जनको दायरा विस्तार तथा क्षमता विकास गर्दै लगिनेछ। एक हप्ते उद्यमीलता विकास तालीम व्यवसायिक तथा प्राविधिक सीप भएका दक्ष श्रमिकहरुलाई लक्षित गरी स्वदेशमै स्वरोजगारमूलक व्यवसाय संचालन गर्न उद्यमशीलता सम्बन्धी तालीमहरु केन्द्र मार्फत संचालन गरिनेछ। केन्द्रबाट मध्यम र लामो अवधिको तालीम लिने प्रशिक्षार्थीहरुलाई तालीमको अन्तमा न्यूनतम् ५ कार्यदिनको उद्यमशीलता तालीम दिइन्छ। पाठ्यक्रम विकास र परिमार्जन सीपमूलक तालीमहरुको पाठ्यक्रम निर्माण र परिमार्जन गरी लागु गर्ने काम ललितपुर भैंसेपाटी केन्द्रको हुनेछ। हाल संचालन÷प्रयोजनमा आइरहेका विभिन्न खाले व्यावसायिक, सीपमूलक, वैदेशिक रोजगारमूलक तालीमका पाठ्यक्रमहरु समसामयिक, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुरुप परिमार्जन गर्दै लाने तथा नयां परिवर्तित प्रविधि अनुरुपका आवश्यक तालीमका विषयहरुका पाठ्यक्रम समयानुकूल बनाउंदै लगिनेछ। दोहोरो मार्ग प्रणाली तालीम कुनै पनि सरकारी निकायबाट कुनै पनि विषयको प्रशिक्षक प्रशिक्षण अभिमुखिकरण व्यवस्थापन, क्षमता विकास, सीप विकास तालीम संचालन र व्यवस्थापन गर्न माग भई आएमा केन्द्रको वार्षिक कार्यक्रमहरुमा असर नपर्ने गरी स्वीकृत पाठ्यक्रम नर्म्स बमोजिम ललितपुर भैंसेपाटी केन्द्रले तालुक निकायलाई जानकारी दिई दोहोरो मार्ग प्रणाली अन्तर्गत तालीम कार्यक्रम संचालन गर्न सक्ने व्यवस्था छ। जस अन्तर्गत त्इत् तालीम, भ्एक् अन्तर्गत कोरिया प्रस्थान पूर्वको १ हप्ते अभिमुखीकरण तालीम प्रदान गरिंदै आएको छ।
० प्रतिष्ठानले के कस्ता काम गर्दै आएको छ ? जनतालाई के कती सहुलिएत प्रदान गरेको छ प्रतिष्ठानले ?
सीपमूलक तालिमका लागि पाठ्यक्रम मापदण्ड कार्यविधि निर्माण र कार्यान्वयन गर्ने, श्रम वजारको माग अनुसार तालिमको संभाव्यता अध्ययन र आवश्यकता पहिचान गरी तालिमका विषय छनौट तथा तालिम संचालन गर्ने, सीपमूलक तालिम पूर्वाधार र संरचनाको विकास गर्ने, सीपमूलक तालिम प्रदान गर्ने प्रशिक्षकहरु तयार गर्ने, सीपमूलक तालिमको लागि श्रम बजारको माग र आपूर्ति पक्षको विश्लेषण सहित अध्ययन अनुसन्धान गर्ने, आर्थिक सामाजिक शैक्षिक शारीरिक र भौगोलिक हिसावले पछि परेका व्यक्तिलाई रोजगारमूलक सीप विकास सम्बन्धी तालिम प्रदान गर्ने, प्रदेश स्थानीय तह, नीजि क्षेत्र तथा विभिन्न तालिम प्रदायक (सरकारी निजि सहकारी र गैर सरकारी) निकायसंग समन्वय र सहकार्य गरी तालिम संचालन गर्ने, तालिम प्रदायक संस्था र रोजगार प्रदायक संस्था बीच रोजगारी सिर्जना र जनशक्तिको उपयोग सम्बन्धी कार्य गर्ने, तालिम प्रतिष्ठान र केन्द्रहरुका बीच समन्वय गरी विशिष्टीकृत तालिम प्रदायक संस्थाको रुपमा प्रतिष्ठानको संरचनागत विकासको लागि आवश्यक कार्य गर्ने, कामदारको कार्य संस्कृति र व्यवहार सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने, कार्यस्थलमा आधारित (एप्रेन्टिसिप) तालिम संचालन गर्ने गराउने, उद्यमशीलता विकास सम्बन्धी तालिम संचालन र व्यवस्थापन गर्ने जस्ता कामहरु गर्दै आएको छ ।
० व्यवसायिक सिप तथा तालिम प्रतिष्ठानमा काम गर्ने क्रममा के कस्ता समस्या चुनौतीहरु रहेका छन् र त्यस्ता चुनौतिको लागि सुधारका पहल के भइरहेको छ ?
प्रतिष्ठानले कार्य संचालनको क्रममा भोगेका समस्या एवं चुनौतीहरु अदक्ष श्रम शक्तिबाट तालिम माग अधिक रहेको सो अनुसार प्रतिष्ठानको श्रोत साधन, पूर्वाधार र जनशक्तिको अपेक्षित सुधार र क्षमता वृद्धि हुन नसकेको, भौतिक पूर्वाधारको अपर्याप्तता तालिमको प्राविधिक पक्ष अद्यावधिक गर्न नसकिएको, वैदेशिक रोजगारमा जाने कामदारका लागि आवश्यक तालिम प्रदान गर्ने सम्बन्धमा समन्वयको अभाव रहेको, सीप परीक्षणका लागी सुविधा दिन नसक्नु, तालिम पछिका प्राविधिक तथा वित्तीय सेवा दिन नसक्नु, उपयुक्त र योग्य प्रशिक्षार्थी पहिचान नहुनु, प्रशिक्षार्थीलाई उत्प्रेरित गर्ने व्यवस्था नहुनु, तालिमको दोहोरोपना हुनु, अनुगमन तथा मूल्यांकन संयन्त्रको अभाव हुनु, क्षेत्रगत नीति र आवधिक योजनासँग तालमेल नहुनु, वार्षिक कार्य योजना अनुरुप कार्यान्वयन पक्ष प्रभावकारी हुन नसक्नु आदि हाम्रो अगाडि रहेको चुनौतीहरु हुन् ।
० हाल सम्म प्रतिष्ठानले कती जनालाई तालिम दिएको छ ?
०७७÷०७८ मा हामीले ६१०० जनालाई योजना रहेको थियो जसमा ५६३ जनालाई तालिम दिएको छ । इलेिक्ट्रकलमा ११ जना, अटोमोबाइलमा १६ जना, व्युटिसियनमा १८ जना, हाउसकिपिङमा ८० जना, प्लविङमा १६३ जना, सिकर्मी १०० जना, डकर्मी ३९ जना, मोबाइल मर्मत १२० जना र मोटरसाइकल मर्मतमा १६ जनाले तालिम प्राप्त गरेका छन् ।
० सुधारका कामहरु के कती भएका छन् ?
नेपाली युवा जनशक्तिहरुलाई यस प्रतिष्ठानबाट विभिन्न सीपमूलक तालिम प्रदान गर्ने कार्य भइरहेको छ । सीप विकास तालिम प्रतिष्ठानलाई संस्थागत सुदृढीकरण गर्न, लक्षित समूहहरुलाई तालिमको अवसर प्रदान गर्न, नेपाली युवाहरुमा सहज तालिमको पहुँच पुर्याउन, विधिसम्मत क्षमता अभिवृद्धि र आवश्यक श्रोत साधनको व्यवस्थासहित प्रभावकारी परिचालन तथा कार्यान्वयन गर्न साथै श्रम बजारमा आवश्यक पर्ने तालिमको सही पहिचान गर्दे तालिम प्रभावकारी र गुणस्तरीय रुपमा संचालन गर्न व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन निर्देशिका, २०७७ स्वीकृत भएको । तालिम कार्यक्रम बन्तर्गत श्रम बजारको माग र आपूर्ति पक्षको संख्यात्मक गुणात्मक विवरणहरु सूचना र प्रविधिमूलक पद्धतिमा राख्नु पर्ने, तालिमको प्राथमिकता निर्धारण गर्नुपर्ने, पाठ्यक्रम विकास, मापदण्ड निर्माण तथा स्वीकृति गर्नुपर्ने, स्तरयुक्त कार्यविधि निर्माण स्वीकृती र कार्यान्वयन गर्नुपर्ने, स्तर अनुसारका प्रयोगशाला, यन्त्र उपकरण लगायतका पूर्वाधार विकास गरिनुपर्ने, शिक्षण सिकाई विधिको अवलम्बन गर्नुपर्ने, क्षमता विकास तालिमको व्यवस्था गर्नुपर्ने, तालिममा प्रशिक्षार्थीको संख्या र तालिमको गुणस्तरमा वृद्धि गर्नुपर्ने, सीप परीक्षणको सहुलियतपूर्ण व्यवस्था संग समन्वय गरी गरिनु पर्ने, तालिम पछिको सेवाको व्यवस्था गर्नुपर्ने रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *