उजुरी परेको खत्रीले फेरी पड्काए अजोडको सीइओ

समाचार

अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कम्पनीको भित्री सूचना चुहाएर इन्साइडर ट्रेडिङ गरेको आरोप लागेका पुनः सोहि कम्पनीको कमाण्ड सम्हाल्ने भएका छन् । १ बर्ष अगाडी कम्पनीको गोप्य सूचना चुहावट गरी संचालकले भित्री कारोबार गरेको भन्दै धितोपत्र बोर्ड, सीआइबी लगायतमा उजुरी परेको सीइओ कुमार बहादुर खत्रीको फेरी सीइओ पड्काएका छन् ।
अहिले अजोड इन्स्योरेन्सको यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत विचाराधीन छ । अख्तियारमा परेको उजुरीमा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले ३ करोड खाएर यो केसमा अजोडलाई क्लिन चीट दिएको उल्लेख छ । सो विषयमा अनुसन्धान के भयो भन्ने तथ्य बाहिर आइसकेको छैन भने धितोपत्र बोर्डमा पनि यो प्रकरणबारे अनुसन्धान गर्न बनेको समितिले के प्रतिवेदन बनायो भन्ने तथ्य पनि बोर्डले लुकाएर राखेको छ ।
इन्स्योरेन्स कम्पनीको वैशाख १५ गते सम्पन्न सञ्चालक समितिको बैठकले खत्रीलाई आगामी चार वर्षका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शंकायमा स्नाकोत्तर गरेका खत्रीले नेपाल इन्स्योरेन्स कम्पनीको अधिकृतपदबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए । दुई दशकभन्दा बढी इन्स्योरेन्स क्षेत्रमा काम गरिसकेका खत्रीले यसभन्दा अगाडि नेपाल इन्स्योरेन्स, एनबी इन्स्योरेन्स (हालको आइएमइ जनरल इन्स्योरेन्स), लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यवस्थापकीय तहमा रहेर काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *