सर्वजीत विश्वकर्माको बायोपिक निर्देशन गर्दै दिनेश डिसी

कला-साहित्य समाचार

काठमाडौं । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमाथि फिल्म ‘सर्वजीत’ बन्ने भएको छ। यो फिल्मलाई दिनेश डिसीले निर्देशन गर्नेछन्। १७ औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले फिल्मको मुहूर्त गरेका थिए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री प्रेम आले, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललगायतको पनि उपस्थित थियो। प्रधानमन्त्री देउवाले शुभकामना दिँदै यस्ता किसिमको फिल्म बन्नु पर्ने बताए। त्यस्तै, मन्त्री आलले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब फिल्म निर्माणमा सहयोग गर्ने घोषणा गरे।

पहिला यो डकुमेन्ट्री बनाउने भनेर मकहाँ आइपुगेको हो। मैले सर्वजीत ज्युको जीवनी थाहा पाएपछि यसलाई फिल्ममै ल्याउनु पर्छ भनेर जुटेका हौँ,’ निर्देशक डिसीले भने। भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने फिल्मको बजेट १ करोड २५ लाख रुपैयाँ रहेको बताइएको छ।

भगत सर्वजीतको जन्म १९५० चैत ११ गते बाग्लुङ नगरपालिका( ७, गैरागाउँ ९ठाडास्वाँरा० मा भएको थियो। उनी सानै उमेरदेखि विद्रोही स्वभावका थिए। त्यतिबेला नेपालमा दलितलाई अध्ययनको वातावरण नभएकाले उनले भारतको बनारस पुगेर संस्कृतमा आचार्य अध्ययन गरेका थिए।

आचार्य उपाधि पाएपछि उनलाई भगत सर्वजीत भन्न थालिएको हो। उनले हिन्दु धर्मको गहिरो अध्ययन गरेका थिए। दलित आन्दोलन चर्किँदै गर्दा उनी छोरासहित भारतमा निर्वासित भए। सन् २०१२ सालमा भारतमै उनको निधन भयो।

डिसीको निर्देशन रहने बायोपिक फिल्म सर्वजीत मा एन वि महर्जनको द्वन्द्व निर्देशन, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा रहनेछ। बागलुङ, पाल्पा, पोखरा, काठमाडौं र बनारसमा छायांकन हुने ऐतिहासिक नेपाली फिल्मको भदौ अन्तिमदेखि छायांकन सुरु हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *