नगर प्रहरीको आतंक कहिलेसम्म ?

समाचार

काठमाडौं । महानगरपालिकाको नेतृत्वमा जोसुकै आएपनि काठमाडौंको सडक अव्यवस्थित छ । व्यापारमाथि नगर प्रहरीको उठतिपुठति भने घटेको छैन । महानगर प्रहरी प्रमुख भएका धनपनि सापकोटाको कमाई तिनै सडकमा मकै पोलेर बेच्ने, फलफुल बेच्ने, लत्ताकपडाको व्यापार गर्ने र मौका हेरर व्यापार गर्नेबाट उठाएको सामान नै हो । नगर प्रहरीले पक्रिएको सामान कुनै पनि फुटपाथेले जरिवाना तिरेर सबै पाउँदैन । लत्ताकपडा, जुत्ता, मोजा, महिलाले लगाउने कपडा उठाउने प्रहरीका आफन्तले समेत रोजी रोजी प्रयोग गर्ने गरेका छन् ।
मकै बेच्ने फुटपाथेसँग ५ हजार घुस माग्ने श्रेष्ठ थरका नगर प्रहरी छन् ? नगर प्रहरीले सडकमा निर्माण सामाग्री राख्ने, बालुवा, गिटी, इटा, रड राख्नेसँग घुस लिन्छ र फुटपाथे बटुवालाई अत्याउँछ । त्यहाँ एमालेका तत्कालीन मेयर विद्या सुन्दर शाक्य हुँदा पनि नगर प्रहरीले सुधार गरेको थिएन । बरु सार्वजनिक शौचालय मासेर व्यापारीलाई दिसा पिसाब गर्ने ठाउँमा व्यापार चलाउन दिए ।
आकाशे पुलको सटर भाडामा लगाए । बसपार्कका सटर भाडा मात्र होइन, ऐतिहासिक सम्पदा मासेर भट्टी चलाउन दिएका विद्या सुन्दरले एमाले पार्टी पत्तासाफ पारे । नेपाली कांग्रेसका बहुमत वडामा विजयी भएको छ । मेयरमा बालेन शाहजस्ताको आगमनले पनि धनपतिहरुको घमण्ड घटेन । अहिले पनि सरकारको लाचारीपनको परिणाम स्थानीय तहभित्र ब्रम्हलुट मच्चाएको छ । मेलम्चीका आचार्य दम्पत्तिमाथिको अत्याचारले नगर प्रहरीको बद्नाम भउको छ । घुस माग्ने नगर प्रहरीसँग विद्रोह गरेर आगोको अगुल्टो उचाल्नुपर्ने बाध्यता सिर्जना गर्ने नगर प्रहरीको सर्वत्र भण्डाफोर भएको छ । काम गरेर खाने ठाउँको व्यवस्थापन गर्ने दायित्व सरकारको हो । श्रमिकमाथि धम्काउने नराम्रो वचन बोल्नेविरुद्धको जनआवाज अझै चर्कने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *