खानेपानी मन्त्रीकै स्वकीय सचिव डिजी फेर्ने तयारीमा

समाचार

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीदेखि शहरी विकासका सचिव रमेश सिंह अहिले कमाउ धन्दामा बिजी छन् । शहरी विकास मन्त्री रामकुमारी झाक्री हटेसँगै बर्तमान शहरी विकास मन्त्री मेटमणि चौधरीसँग सम्बन्ध बनाउन र त्यही टिकिराख्न सचिव सिंहले माधव कुमार नेपालदेखि गंगालाल तुलाधरसँगसम्बन्ध बढाइरहेका छन् । उता अहिले खानेपानी मन्त्रालयमा अर्काे आतंक छ । खासगरी असार मास आर्थिक बर्ष क्लोज हुने र हर हिसाब मिलाउने समय । यो समयमा विभागीय प्रमुख र कार्यालय प्रमुखको सरुवा गरिदैंन तर खानेपानीमन्त्री चौधरीले असार मसान्त लाग्न लागेपछि खानेपानी तथा ढल ब्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेललाई सरुवा गर्न खोजे । कँडेल साउनको पहिलो हप्ता घर जाँदैछन् । उनलाई त्यहाँबाट हटाएर हाल अख्तियारमा रहेका रमाकान्त दवाडीदेखि तिरेसकुमार खत्री,मीना श्रेष्ठसम्मलाई लैजान खोजे तर कोही पनि रकम बुझाएर त्यहाँ जान तयार नभए पछि उनको प्रयास रोकियो । जसरी सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठका स्वकीयहरुले कर्मचारी सरुवाका नाममा मोलमोलाई गरिरहेका छन् ठीक उसैगरी चौधरीका स्वकीयदेखि निजी सचिवालयका कर्मचारी डिजी बनाएर पैसा उठाउन खोजिरहेका थिए तर सफल हुन सकेनन् । अहिले खानेपानी मन्त्रीका स्वकीयको मुख्य योजनामा पछिल्लो ८ महिनामा ३ सचिव परिवर्तन भएका छन् । प्रमिला बज्राचार्य, सुरेश आचार्यलाई लखेटेर त्यहाँ मणिराम गेलाललाई तानिएको छ तर गेलाल अर्काे गौ प्राणी भएका कारण त्यहाँ धेरै नटिक्ने सचिवहरु नै सुनाउन थालेका छन् । उता केयुकेएलमा मन्त्री आफैंले कर्मचारी उचालेर आन्दोलन गराएको चर्चा चल्न थालेको छ । मन्त्री चौधरीले आफ्ना ९१ जना कार्यकर्तालाई भर्ना गर्न दबाब दिइरहेका छन् । केयुकेएलमा आफ्ना कार्यकर्ता भर्ती गर्नका लागि उनले स्वकीय सचिवमार्फत केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई दबाब दिएका छन् । कोही कर्मचारी त्रिभुवन विमानस्थलजस्तो कार्यालय छोडेर मन्त्रीको स्वकीय सचिव हुन किन आउँछ होला ? अहिले उपसचिव शशी कुमार लम्सालको हकमा त्यहाँका कर्मचारीहरुले उठाउन थालेको प्रश्न हो यो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनजस्तो आकर्षक कार्यालय छाडेर खानेपानी मन्त्री चौधरीको निजी सचिव हुन आएका हुन । जसरी यस अघिका सचिव रहेका गजेन्द्र ठाकुरका समयमा खानेपानी मन्त्रालयमा खुलेआम भ्रष्टाचार हुन्थ्यो अहिले उसैगरी भ्रष्टचार रहेको कर्मचारीहरु सुनाउँछन् । ठाकुरले घुस उठाउनका लागि कार्यकक्षभित्रै छुट्टै कार्यकक्ष तयार पारेर कर्मचारीहरुसँग रकमको बार्गेनिङ गर्दथें अहिले उपसचिव लम्सालले आकर्षक कार्यालयमा सरुवा हुन खोज्ने कर्मचारीहरुलाई मन्त्री चौधरीसँग भेट गराएर रकमको मोलतोल गराउने गरेको एक जना उपसचिव तहका कर्मचारीले तामाकोसीलाई सुनाए । खानेपानी विभागका महानिर्देशक सूर्यराज कँडेल, आयोजना कार्यान्वयन इकाइका निर्देशक राजेन्द्र सापकोटाको सरुवा र खानेपानी संस्थानका इश्वरप्रसादको नियुक्तिमा लम्सालले चलखेल गरेको स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *