माओवादी अध्यक्ष प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने

राजनीति समाचार

काठमाडौं ।भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन्।

यसैगरी उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम छ।

करिब डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणमा आउन निम्तो दिएको प्रचण्डका स्वकीय सचिव मल्लले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *