विद्युत बेच्ने र किन्ने मूल्य किन फरक ?

समाचार

काठमाडौं । नेपालले विद्युत बेच्दा सस्तोमा बेच्छ । त्यही खरिद गर्दा हजार गुणाभन्दा बढी मूल्यमा विद्युत आपूर्ति गर्न कुलमान घिसिङ र पम्फा भुसालको विरोध गर्नुपर्छ । किनकि नेपालको विद्युत भारतीय कम्पनीलाई बेच्दा प्रति युनटि ३ रुपैयाँ ३८ पैसामा बेच्ने गरिन्छ । तर भारतबाट खरिद गर्दा प्रतियुनिट ३८ रुपैयाँ पर्ने किन हो ? यो चालले नेपालको व्यापार घाटा कसरी हट्छ ? सरकारले व्यापार घाटा हटाउन चुरे फोरेर भारतमा सहर बनाउने नेपालमा मरुभूमि बनाउने राम्रै योजना त्यो बेलाको उडन्ते सरकारले बनायो । भारतलाई खुसी पार्न सके सत्ता र कुर्सी जोगाउन सकिन्छ भन्ने मनसाय भएको परमादेशी सरकारले पनि उस्तै ग¥यो ।
केही दिनत अघिसम्म नेपालमा बढी भएको विद्युत प्रतियुनिट ९ रुपैयाँ सम्ममा भारतीय उर्जा कम्पनीहरुलाई बेच्ने तयारी भएको प्रचार गर्ने कुलमानको सचिवालयले आफ्नो देशको विद्युतको भरपर्दाे बजार भारत भएको बताए पनि आफ्नो बिक्री र खरिदको मूल्य आकाश जमिन फरक हुँदा कस्तो व्यापार गर्दैछन् भन्ने प्रश्न उठेको छ । विद्युत प्राधिकरणले अहिले आफ्नो उत्पादनको बजार भारत बंगलादेशलाई बनाएको छ । नेपालको विद्युत खपत वार्षिक ९४० मेगावाट स्वदेशमा हुन सक्ने स्थिति छैन । ४०० युनिट विद्युत बेच्ने हल्ला चल्यो । ५५० युनिटले देश झलमल हुँदा उद्योग क्षेत्रले भरपूर्ण विद्युत खपत गरेको छ कि छैन ? जबकि तथ्यांक विभागले गरेको सर्वेक्षणले ४० प्रतिशत मात्र उद्योग चलेका छन् । यो प्रतिशत पूर्ण रुपमा चलेको उद्योगको हो । ६ खर्ब ९१ अर्ब सम्पत्ति भएका उद्योगमा ६० प्रतिशत समस्या छ भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *