लुकेर खान नपाएपछि साङपाङको चर्को विरोध

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि धरान उपमहानगरका एमाले कार्यकर्ताले स्वतन्त्र हैसियतबाट उपमहानगरको मेयरमा हर्क साङपाङ विजयी भएको घटनालाई अहिलेसम्म पचाउन सकेका छैनन् । पञ्चायतकालदेखि नै कम्युनिस्टको गड रहेको र पञ्चायती प्रशासनले विभिन्न प्रकारका तिकडम गर्दा पनि धरानको प्रधानपञ्चमा कम्युनिस्ट पृष्ठभूमि भएका व्यक्ति विजय प्राप्त गर्ने गर्दथ्ये । २०४६ सालमा पञ्चायत व्यवस्था विघटन भएर बहुदलीय व्यवस्था भएपछि धरान एमालेको लालकिल्ला बन्न पुगेको थियो । अहिलेसम्म सम्पन्न भएका हरेक निर्वाचनमा धरान एमालेको कब्जामा जाने गर्दथ्यो ।

यसैक्रममा २०७५ सालमा सम्पन्न भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारले एमाले उम्मेदवारलाई धरान उपमहानगरको मेयरमा पराजित गरेका थिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारलाई चित खुवाउँदै स्वतन्त्र उम्मेदवार हर्क साङपाङ मेयरमा निर्वाचित भएको छन् । आफ्नो किल्ला रहेको धरान उपमहानगर कांग्रेस हुँदै स्वतन्त्रको कब्जामा गएको घटनालाई एमालेका अध्यक्ष केपी ओलीदेखि एमालेका स्थानीय कार्यकर्तासमेत पचाउन सकेका छैनन् ।

यसैलेगर्दा एमाले ओलीले धरान उपमहानगरका मेयरलाई लक्ष्य गर्दै स्वतन्त्र हैसियतले विजयी भएका व्यक्तिहरुको चर्को आलोचना गरिराखेका छन् । सहकारीले बचत गरेको रकम दिएन भनेर एमालेका स्थानीय कार्यकर्ताको उक्साहटमा धरान उपमहानगरको कार्यालयमा तोडफोडसमेत भएको छ । र, एमालेका निर्वाचित वडा अध्यक्षहरु कार्यपालिकाको बैठकमा समेत उपस्थिति नभएर मेयर साङपाङलाई असहयोग गरिराखेका छन् । लामोसमयको खानेपानीको समस्या भोग्दै आएको धरान उपमहानगरलाई यो समस्याबाट मुक्ति दिलाउन साङपाङले निर्वाचित भएलगत्तै श्रमदानको नेतृत्व गरेर अहिले धरानलाई खानेपानीको समस्याबाट मुक्त गरेका छन् ।

यसैगरी वर्षौंदेखि गिट्टी, बालुवा अवैध रुपमा निकासी नर्गे र उपमहानगरभित्रका सार्वजनिक रुख काटेर कमाइ गर्ने धन्दालाई पनि मेयर साङपाङले बन्द गरिदिएका छन् । यही कारणले गर्दा मेयर साङपाङलाई असफल बनाउन धरानका एमाले कार्यकर्ताहरु मोर्चा बनाएर नै विभिन्न गतिविधि गरिराखेका छन् । तर, एमालेको तर्पmबाट यस्तो गतिविधि भइरहँदा मेयर साङपाङको भने लोकप्रियता निरन्तर रुपमा बढिराखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *