बालेनले जगाए स्थानीय तह

समाचार

काठमाडौं । स्थानीय तहलाई जगाएर सार्वजनिक सम्पत्ति अपहरण गर्नेहरुलाई हायलकायल बनाएको काठमाडौं महानगरले छिमेकी नगर क्षेत्रलाई समेत सचेत गराएको छ । समाजका अगुवा नै धोबीखोला कोरिडोर कब्जा गर्नेमा छन् । सार्वजनिक सम्पत्ति कब्जा गर्ने नक्सा पास नगरी भवन बनाउनेहरु महानगरभित्रको सुधारमा वाधक बन्दैछन् ।
बसपार्क, बानेश्वर, सुन्धारा, ठमेल, डिल्लीबजारजस्तो स्थानमा धोबीखोलाको बारेमा नराम्रो प्रचार गरियो । चावहिल क्षेत्र, महाराजगंज क्षेत्रको लापरवाही अहिले चर्काे छ । टोखा नगर भित्र एमाले बनेका डन र माफियातन्त्रमाथि नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङ आँफै खटेका छन् । टोखा नगरपालिका वडा नं. ५ सँगै इशान अस्पतालको अगाडिाको भाग भूमाफियाले कब्जा गरेका घर वडा नं. ७ का अध्यक्ष नरोत्तम रानाले हिजो बाबु बाजेको सन्धी सर्पन भित्रको चार रोपनी जमिनमा टहरा बनाएर भाडा लगाएका छन् ।
सर्वाेच्च अदालतबाट पनि उनले हारे । तर उनले ठाउँ छाडेका छैनन् । स्थानजीय सरकारमा नेकपा एमाले नै छ । रानाको मात्र होइन, टोखा नगरभित्र भूमाफिया दीपक कुँवरले कब्जा गरेको सार्वजनिक जमिन नगरपालिका फिर्ता ल्याउँछ भन्ने विश्वास छैन । काठमाडौंमा बालेन शाह, धरानका हर्क साम्पाङ, धनगढीका गजेन्द्र हमालहरुको प्रस्तुतिले अन्य स्थानीय तहलाई समेत सचेत गराउँदैछ । स्थानीय सरकारको सम्पत्ति स्थानीय तहकै अग्राधिकार छ । सँधै माफियाको राज चल्दैन ।
सरकारको नीति स्थानीय तहको विकासमा एक हुन सक्यो भने नक्सा विपरीत घर बनाउने भाडामा लगाउने राजेश अहिराजजस्ता पत्रकारहरुको सम्पत्ति पनि कति होला ? यो भने खोजीको विषय बन्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *