नेपाली जनताले बालेन जस्तै अन्य शाह पनि जन्माउने हुन् कि ?

समाचार

काठमाडौं । अहिले देशमा जसको चर्चा छ, उहीं बालेन शाहको छ । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन शाह अहिले चर्चाको शिखरमा पुगेका छन् । सधैं चर्चामा रहने उनी कि गुमनाम हुने हुन् यो भने भविष्यले देखाउँला । ७५३ स्थानीय तहमध्येमा सबैभन्दा चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरानका नगरपालिकाका मधेयर हर्क साङपाङ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल महाल यतिबेला चर्चाको शिखरमा छन् । त्यसैगरी पोखराका मेयर धनराज आचार्यको नाम पनि चर्चामा छ । तर, काठकाडौंका मेयर बालेन शाहको जस्तो चर्चा अरुको छैन । बालेन शाहले काठमाडौं महानगरपालिकाभित्र सरकारी जग्गा हडपेका र नक्सा पास नभएको स्थानमा बनेको घर, टहरा भत्काएर चर्चामा आएजस्तै काठमाडौं उपत्यकाभित्र फुटपाथमा पसल सञ्चालन गर्ने व्यापारीलाई हटाएर चर्चामा रहेका छन् । तर, बालेन शाहले अब काठमाडौं उपत्यकाभित्र पार्किङको व्यवस्थापन र मापदण्डबिरीत खोलिएका स्कुल, कलेज र होटेल रेष्टुरेन्ट जस्ता सार्वजनिक ठाउँमा रहेका पसलहरुलाई कसरी हेर्छन् ? यी र यस्ता कामहरुलाई बालेनको नजर जान्छ कि जाँदैन ? अधिकांश शहरी इलाका स्थानीय तहभित्र च्याउसरी खोलिएका बोर्डिङ स्कुल, कलेज र होटेल रेष्टुरेन्टहरुले महानगरपालिकालाई बुझाउनुपर्ने कर बुझाएका छन् कि छैनन् ? महानगरपालिकाभित्र खोलिएका कलेजहरुको भौतिक संरचनादेखि नक्सा पास बिपरीत सञ्चालन गरेका कलेजहरुको छानविन गरी यथासिघ्र सार्वजनिक गर्नुपर्ने देखिन्छ । भने उता महानगरपालिकाभित्र सञ्चालन गरेका बोर्डिङ सञ्चालकहरुले महानगरमा दर्ता गरेका छन् कि छैनन् यसको यथार्थ सार्वजनिक गर्नेपर्ने देखिन्छ । यस्तै होटेल, रेष्टुरेन्ट सञ्चालकहरुले पनि वडा कार्यालयमा दर्ता गरेका छन् कि छैनन् । त्यसैगरी महागरपालिकालाई बुझाउनुपर्ने कर तिरेका छन् कि छैनन् त्यसको बारेमा पनि छानविन गरी सार्वजनिक गर्नेपर्ने देखिन्छ । यस्तै काठमाडौं उपत्यकाभित्र भव्य महल खडा गरी सार्वजनिक ठाउँ मिचेर बनाएका घरहरुले महानगर पालिकालाई घर बहाल कर तिरेका छन् कि छैनन् । त्यसको पनि लेखाजोखा गर्न जरुरी छ । यस्ता कुराहरुलाई मध्यनजर गरी काठमाडौं महानगरका मेयर बालेन शाहले सार्वजनिक गर्नुपर्ने देखिन्छ । बालेनको शाहसिक कदम देखेर अधिकांश नेपाली जनताहरुले समर्थन गरेका छन् । राजनीतिक कार्यकर्ताहरुले बालेनको विरोध गरेका छन् । बालेनको सिको लिएर अन्य स्थानीय तहका प्रमुखहरुले पनि काममा तदारुकता देखाएर काम गर्न सक्छन् कि राजनीतिक दलहरुको पुच्छर बनेर चुपचाप रमिते बन्छन् त्यो भने आगामी स्थानीय निर्वाचनमा नेपाली जनताले खोजीको विषय बनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *