दोलखामा दुवै गठबन्धनबीच कडा प्रतिस्पर्धा

राजनीति समाचार

काठमाडौं । आगामी आम निर्वाचनमा संघ र प्रदेशको लागि दोलखाबाट प्रतिनिधिसभामा नेकपा एमाले पार्टीले बालकृष्ण सिवाकोटीलाई उम्मेदवारी चयन गरेको छ । उता सत्तागठबन्धनबाट माओवादीका नेता गंग कार्कीलाई प्रतिनिधिसभाको उम्मेदवार चयन गरेको छ । गठबन्धन सरकार र प्रतिपक्ष दल नेकपा एमालेबिच प्रतिस्पर्धा हुदैँ छ ।

त्यस्तै दोलखा प्रदेश ‘क’ मा एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनीसँगै प्रतिस्पर्र्धामा रहेका प्रदेश ‘क’ मा कांग्रेस नेता कुन्दन काफ्लेले उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रदेश ‘ख’ बाट तत्कालीन भिमेश्वर नगरपालिकाका मेयर भरत केसीलाई एमालेले उम्मेदवार बनाएको छ भने उता कांग्रेसबाट वर्मा लामालाई उम्मेदवारी चयन गरेको छ ।

अहिले दोलखा जिल्लामा गठबन्धन सरकार र प्रतिपक्ष दल एमाले गठबन्धनबिच कसले बाजी मार्ने हुन् भन्ने कुरा यकिन भइसकेको छैन । एमाले पार्टी कार्यकर्ताबाट बालकृष्ण सिवाकोटी ‘क’ बाट नर बहादुर श्रेष्ठ, ‘ख’ बाटभरत केसीलाई जिताउन एमाले कार्यकर्ताहरु लागि परेका छन् ।

त्यसैगरीे सत्तागठबन्धनबाट गंग कार्कीलाई संघमा र प्रदेश ‘क’ कुन्दन काफ्ले प्रदेश ‘ख’ वर्मा लामालाई जिताउन गठबन्धनका कार्यकर्ता लागेका छन् । दोलखाली जनताले भने कसको पक्षमा मतदान गर्ने हुन् भन्ने कुरा अहिले सम्म कुनै पुष्टि नभएको दोलखाबाट तामाकोशी संवावदाताले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *