‘म जे गर्छु त्यो बोल्छु, जे बोल्छु त्यो गर्छु’ : कुन्ती पोख्रेल

राजनीति समाचार

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले आफ्नो चुनावी प्रचारप्रसारलाई आक्रामक ढंगले अगाडि बढाएकी छन् । यो निर्वाचन क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ र काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ गरी १७ वटा वडा समेटिएका छन् ।

यो क्षेत्रअन्तर्गतका सबै वडावासीको घरदैलोमा कुन्ती पोख्रेल पुगिसकेकी छिन् । आज सोमबार बिहानैदेखि वडा नं ३ स्थित जर्सीङपौवा, कात्तिकेलगायतका स्थानमा मतदातासँग भेटघाट व्यस्त रहेकी छिन् । भेटघाटका क्रममा यहाँका मतादाताले गरेको भव्य स्वागत र जनसागर उर्लिएको देख्दा हाम्रो जित सुनिश्चित भइसकेको खाली चुनावी प्रक्रियाको लागि मंसिर ४ पर्खिनुपर्ने पोख्रेल बताउँछिन् । यसले नेपाली समाजको अपेक्षाअनुसार परिवर्तका लागि बाटो खोलेको पनि बताएकी छिन् ।

जनताको यो उत्साहपूर्ण स्वागत, सहयोग र समर्थनले हाम्रो जित पक्का भइसकेकाले अब तपाईंहरुको काम गर्न म सेवक बनिसकेँ । ‘मंसिर ४ गते एक दिन मलाई सहयोग गर्नुहोस् म तपाईंहरुको पाँच वर्ष सेबक बन्ने छु,’ प्रोख्रेलले प्रतिवद्धता जनाइन् । उनले थपिन्, ‘म यो क्षेत्रमा तपाईंहरुको काम गर्न आएकी हुँ, काम गरेरै छाड्छु ।’ उनले थप जोड दिइन्, ‘म पहिलाका नेताले जस्तो झुठ बोल्न जान्दिँन जे गर्छु त्यो बोल्छु, जे बोल्छु त्यो गर्छु ।’

कार्यक्रममा उपस्थित स्थानीयले भने, ‘यस क्षेत्रमा धेरै पहिलादेखि बाहिरबाट आएका व्यक्तिले चुनाव जित्ने अनि फर्के नआउने कारणले हामीले सास्ती खेप्नुपरेको छ । यसपटक हामीले मत परिवर्तन गर्ने विचार गरेका छौं । त्यसको लागि स्थानीय युवा उम्मेदवार कुन्ती पोख्रेललाई मत दिने हाम्रो सल्लाह भएको छ ।’ अर्की स्थानीय जेष्ठनागरिक बताउँछिन्, ‘हामीले यस क्षेत्रबाट धेरैलाई मत दिएर जिताएऔं, तर उनीहरु पदमा पुगेपछि फर्केर आएनन् ।

एकल तथा जेष्ठनागरिक भत्ता पनि सहज पाउन सकेका छैंनौं अब हाम्रा समस्या बुझ्ने स्थानीय युवा उम्मेदवार कुन्ती आउनुभएको छ उहाँबाट पाउने आशा छ ।’ अर्का सहभागी भन्छन्, ‘कुन्तीजीबाट हामीले समाजसेवामार्पmत् पनि धेरै सहयोग पाएका थियौं । यसपटक संसदमा पुग्ने इच्छा गर्नुभएको छ, त्यसको लागि हामी सक्दो सहयोग गर्नेछौं ढुक्क हुनुहोस् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *