नबिलका ग्राहकहरूलाई मिडास इ–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुट

अर्थ/वाणिज्य समाचार

काठमाडौं। नबिल बैंक र मिडास एजुकेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास इ–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू पाउने छन्।

नबिलका ग्राहकहरूले मिडास इ–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा पाउने बैंकले जनाएको छ। ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा पनि २५५ छुट पाउने बताइएको छ।

बैंकले समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लाटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको जनाएको छ।

मिडास इ–क्लास शिक्षण र सिकाउने सफ्टवेयर हो। जसमा ट्युटोरियल भिडियो र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरेको बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *