गृह मन्त्रीको पद गएपछि गृहसचिवको मनोमानी

समाचार

काठमाडौं । केपी ओली र देउवाको शासनकालमा त के पेलान थियो र हामीलाई ? त्योभन्दा अहिले बढी पेलानमा परियो,’ हिजोआज सिंहदरबारमा सुन्न थालिएको यो गुनासो एकथरि कर्मचारीको हो । यस्तो गुनासो सबैभन्दा बढी गृहमन्त्रालय वा मातहतका कर्मचारीले गरेका हुन् ।
नागरिकता प्रकरणमा परेर मन्त्री घर हिडेपछि अहिले त्यहाँका हर्ताकर्ता छन्,सचिव निवोद सिंह र कर्मचारी प्रशासनका हाकिम गोविन्द रिजालले । जसले छानी छानी विगतमा भ्रष्टाचारमा डामिएका कर्मचारीलाई सीडीओ बनाएर खटाउन थालेपछि कर्मचारीको गुनासो जायजै पनि हो ।
५० लाख घुस प्रकरणमा डामिएका लालबाबु कवारी प्रकरण सेलाउन नपाउँदै फेरि अर्काे गडबडी हुन लागेको भन्दै कर्मचारीले चिन्ता प्रकट गरेका छन् । गृहले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई त्यहाँबाट गृहमै तानेर सुरेन्द्र पौड्याललाई खटाएको छ । आश्मान यस्ता शक्तिशाली सिडियो हुन,जो चितवनमै हुँदा अनेकन विवादमा तानिए । पद र शक्तिको दुरुपयोग गर्दै जिल्लाका मत्स्य व्यवसायीमाथि दादागिरी देखाए । अहिलेसम्म लगातार आठ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनिसकेका छन् । तिनैलाई फेरि सीडीओ बनाउने खेल चल्दैछ,गृहतिर ।
उनी कर्मचारीको भाषामा मालामाल हुने जिल्लाको कमाण्डर बनेका छन् । गृहमन्त्रालयले जारी गरेको सरुवा तथा मापदण्ड तथा कार्यविधिलाई उल्टाएर लगातार आठ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्न सफल भएर रेकर्ड ब्रेक गरेका छन् ।
सुरुमा शिक्षा सेवाको सहसचिव बाट गृह सरुवा भई २०७३ फागुनमा तेह्रथुमको प्रजिअ बनेका आश्मान त्यसपछि सिन्धुपाल्चोक पुगे । सिन्धुपाल्चोकबाट उनको सरुवा मकवानपुर भयो । यी जिल्ला कर्मचारीको नजरमा मालामाल हुने जिल्लाको रुपमा परिचित छ । मकवानपुर बाट उनी धादिङ्ग जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाईए । सिन्धुपाल्चोक,मकावनपुर र धादिङ्ग राजधानी काठमाडौंको हिसावले सवैभन्दा आकर्षक जिल्ला हो । धादिङ्गको प्रमुख जिल्ला अधिकारी भएसँगै आस्मानलाई पर्साको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइयो । पर्सा जिल्ला प्रशासन कार्यालय जान कर्मचारीबीच निकै जोडवल लाग्ने गरेको छ । त्यहाँबाट उनलाई ०७७ साल चैत्र २४ मा रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएकोमा त्यहाँबाट चितवनमा पठाइएको थियो । हालै उनलाई गृहमा तानिएका हुन । फेरि सीडीओ नै खाने रहर पुगेको छैन । उनी प्रमुख जिल्ला अधिकारी बन्न बल गरिरहेका गृहका कर्मचारीहरु सुनाउँछन् ।
उनी तेह्रथुम,सिन्धुपाल्चोक,मकवानपुर,धादिङ,पर्सा,रुपन्देही हुँदै चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाएका छन् । यसरी गृहका पावरफुल कर्मचारीका रुपमा रमेश न्यौपाने,थानेश्वर गौतम,रमेश ढकाल,काशिराज दाहाल,उमेश ढकाल,सुशील वैद्यदेखि जयनारायण आचार्यहरुको नाम चर्चामा छ । उनीहरु एउटा जिल्लाको सीडीओबाट नहड्दै फेरि अर्काे जिल्लाको सीडीओ खाने भाग्यमानीमा पर्दछन् ।
यता स्थानीय तहका एक रैथाने सहसचिवलाई काठमाडौंको सीडीओ नखाइ नभएको छैन् । दैलेखी घनश्याम उपाध्यायलाई हटाएर भए पनि काठमाडौंको सीडीओ जसरी पनि खानु प¥र्यो भन्दै लागिरहेकाछन् विरेन्द्रदेव भारती । भारती लामो समयसम्म स्थानीय तह छाडेर बाहिर जानु परेको छैन । उनी सामान्य प्रशासन समूहका कर्मचारी हुन । अहिले गृह प्रशासनमा छिर्न खोजिरहेका छन् ।
अधिकृत हुँदादेखि नै भरतपुर महानगरपालिकामा काम गरेका उनी पालुगटार नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिका, गोदावरी नगरपालिका जस्ता आकर्षक पालिकामा काम गरेका उनी गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय बन्नका लागि आठ लाख सामान्य प्रशासनका कर्मचारीहरुलाई बुझाएको चर्चा त्यतिखेर सामान्य प्रशासन मन्त्रालयमा खुबै चल्ने गर्दथ्यो । केही अघिमात्र सहसचिवमा बढुवा भएपछि समेत उनले नगरपालिका छाडेर अन्यन्त्र जानु परेको छैन । बुटबल उपमहानगरपालिका हुँदै अहिले पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् । सामान्यका कर्मचारीहरुका अनुसार उनी अब काठमाडौंको सीडिओ ताक्दैछन् तर गृहले हालै ल्याएको कार्यविधि इमान्दारितापूर्वक कार्यन्वयन भएको खण्डमा तत्कालै सीडीओ बन्न सकस छ । उनी पनि दैलेखी नै हुन । अहिले दैलेखकै नाता लगाएर गोविन्दमार्फत काठमाडौंको सीडीओ बन्न लबिङ तिव्र पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *