मुख्यसचिवले जोगाउन सकेनन् साख

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचारीलाई प्रश्रय दिने ढंगले अगाडि बढेको मुख्य सचिवलाई अन्तिम हजारौं भोल्टेजको झड्का लागेको हुनुपर्दछ । प्रचण्ड प्रधानमन्त्री भएदेखि नै उठाउँदै आएको बिषय हो, ०४८ सार्वजनिक पदमा बहालहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने ।सरकारको नीति तथा कार्यक्रममा समेत यो बँुदा हालिएको छ।

त्यही अनुसार सरकारले काम कारवाही अगाडि बढाएपछि कर्मचारीहरु त्रसित भइरहेको अबस्था थियो । सरकारले गत पुसबाटै यसलाई अगाडि बढाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार सुचनाको बर्गीकरण गर्ने काम अगाडि बढ्यो मुख्यसचिव शकरदास बैरागीको संयोजकत्वमा रहेको सो समितिमा सरकारका सबै सचिवहरु सदस्यका रुपमा रहेर काम गर्दै आइरहेका थिए। सूचनाको बर्गीकरण गरेर मात्र सार्वजनिक गर्ने नियम अनुसार सो समितिले काम गर्र्दै आइरहेको एक सचिवले सुनाए ।

उनका अनुसार, मुख्य सचिव शकरदास बैगारीको अध्यक्षतामा गठित यो समितिले लगातारको ६५ वटा बैठक बस्यो र विभिन्न ८७ विषयलाई गोप्य राख्ने निर्णय ग¥यो । गोप्य राख्ने विवरण अन्तरगत सार्वजनिक ओहदामा रहेकाहरुको सम्पत्ति विवरण समेत लुकाइने बँुदा हालिएको थियो । यस्तै राजस्व चुहावटको घटना पनि लुकाइने समितिले निर्णय गरेकोे थियो ।

यस्तै समितिले सार्वजनिक खरिद कानुनअनुसार कालोसूचीमा राख्ने र त्यसमाथि पुनरावलोकन समितिबाट भएका निर्णयसँग सम्बन्धित विषय, आयोजनाको अध्ययन प्रतिवेदन, सार्वजनिक निकायसँगको लिज सम्झौता, उद्योगको व्यवसायिक गतिविधिबारे विवरण ,मानव अधिकार उल्लघनका घटना र त्यसबारे भएका छानविन तथा जाँचबुझ आयोगको प्रतिवेदनसमेत गोप्य अन्तर्गत वर्गीकरण गरिएको छ । योसँगै मन्त्रिपरिषद् निर्णयका लागि पेश भएका विवरण पनि गोप्य राख्नेनिर्णय गरेको थियो ।

संविधानले तोकेको मर्मविपरित गएर समितिले भ्रष्टाचार मौलाउने किसिमका सूचनामा सार्वजनिक पहँुच बन्द गर्ने ,गराउने निर्णय गरेको थियो। संविधानले दिएको अधिकारलाई कुण्ठित गर्नेृ गरी मुख्य सचिव अगाडि बढेको भन्दै मुख्य सचिव उपर पोशासकमात्र होइन राजनीतिक दल र सूचना अभियन्ताहरु समेत खनिन थाले ।

चर्को आलोचना हुन थालेसँगै सोमबारको क्याविनेटमा प्रधानमन्त्री प्रचण्ड व्याक भएपछि मुख्यसचिव समेत नराम्ररी चिप्लाईमा परेका हुन । कर्मचारीतन्त्र किन भुत्ते हुँदैछ ? अनि कर्मचारीको अभिभानक मानिने मुख्य सचिव किन राजनीतिक दल र सरकारका एसम्यान मात्र बनिदिँदा नेपाली व्युरोक्रेसी दिनप्रति दिन ओरोला लाग्दै छ भने यस्तै कारण हुन ।

मुख्य सचिव जस्तो व्यक्ति भ्रष्टाचारीको संरक्षक बस्ने कि ती उपर निर्मम बन्ने हो, परराष्ट्र सेवाबाट मुख्य सचिव जस्तो गरिमामय पदमा पुगेका शंकरदास बैरागीले आफ्नो पदको गरिमा जोगाउन नसकेको चर्चा अहिले प्रशासकहरुबीच नै चल्न थालेको छ। उनी भ्रष्ट राजनितिक, कर्मचारी प्रशासनको साक्षी बन्न पुगेको अहिले प्रशासकहरुबीच चर्चा चल्ने गरेको छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *