सशस्त्र प्रहरीभित्रको भद्रगोल कसले नियन्त्रण गर्ने ?

विविध समाचार

काठमाडौं । सशस्त्र प्रहरीमा जुन जोगी आएपनि कान चिरेको उखान भने झै अहिले सशस्त्र प्रहरी बलभित्र त्यस्तै भएको छ । तत्कालीन आइजीपी भन्दा हालका आइजीपी राजु अर्यालले सशस्त्र प्रहरी संगठनलाई स्वच्छ र पारदर्शिता बनाउँछन् कि भन्ने आशा सशस्त्र प्रहरीले राखेका थिए । तर, त्यो सपना सशस्त्र प्रहरीभित्र चक्नाचुर भएको छ । कतिपय सशस्त्र प्रहरीहरु अन्यन्त्र सरुवा नभएर मुखियालयमा नै मोजमस्ती गर्दै आएका छन् । त्यसमा पनि अधिकांश सशस्त्र प्रहरीहरुले मनोपोली गर्दै आएका छन् ।

त्यस्तै लेखामा कार्यरत डिएस्पी गणेश मल्लको कुरै छाडौँ । अहिले गणेश मल्ल भन्दा पनि चल्दापुर्जामा महेन्द्र हमाल रहेका छन् । त्यस्तै, डिएस्पी मणिकरण राईको हालीमुहाली चल्ने गरेको छ । डिएस्पी सुरेन्द्र खतिवडाको कुरै नगरौँ । यीनीहरुको गिरोहले सशस्त्र प्रहरी बलभित्र भाँडभैलो नै मच्चिएकोे छ । उता, उमेश थापाले सशस्त्र प्रहरीभित्र तर मारिरहेका छन् र निम्न तहका प्रहरीहरुलाई कज्याउने गरेका छन् ।

त्यस्तै, इन्सपेक्टर श्याम खकुरेल, प्रदीप बुढाठोकी, गोविन्द कार्की,को सम्पक्ति छानबीन गरेर अख्तियारमा मुद्दा हाल्नुपर्ने आवाज सशस्त्र प्रहरीभित्र उठ्न थालेको छ । त्यस्तै, सवारी शाखामा लामोसमयदेखि करौँडौ भ्रष्टाचार गर्दै आएका प्रमोद शाह रासन काण्डमा पनि मुछिएका थिए । प्रमोद शाहको समाचार विगत लामोसमयदेखि तामाकोशीसन्देशले सप्रेषण गर्दै आएता पनि शाहमाथि सम्बन्धित निकायले छानबीन गर्न सकेको छैन । त्यस्तै डिआइजी अभि खत्री कमाउँ अड्डामा जानको लागि विभिन्न राजनीतिक दलका नेतादेखि शक्ति केन्द्रहरु धाइरहेको बताइन्छ । एसपी कृष्ण ढकाल र मणि थापा पनि सशस्त्र प्रहरी बलभित्र बद्मासीको पात्रको रुपमा चिनिने गरेका छन् ।

त्यस्तै सशस्त्रले डिआइजी बडुवा अगाडी बढाएको छ । सो बडुवामा पनि पैसाको चलखेल र आफ्नो नातागोताको हालीमुहाली चल्ने गरेको स्रोतको भनाइ छ । विगत लामोसमयदेखि रिक्त डिआइजी बडुवा हुने भएको छ । त्यसमा पनि सिनियर र जुनियरमा को को पर्ने हुन् यकिन भइसकेको छैन । डिआइजी बढुवामा पनि ठुलो चलखेल हदैँछ । अहिले सशस्त्र प्रहरीभित्र वामपन्थी र प्रजातान्त्रिक लडाई चलिरहेको छ ।

हालका आइजीपी राजु अर्याललाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र डा.आरजु राणाको आर्शिवाद थियो भने अहिले आएर वामपन्थी सरकार बनेको छ । त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि सशस्त्रभित्रको भ्रष्टाचारलाई कसरी नियन्त्रणमा ल्याउँछन् भन्ने आवाज सशस्त्र प्रहरीका पिडित प्रहरीले गुनासो गर्दै आएका छन् । सरकारमा जुनसुकै पार्टीको प्रधानमन्त्री बनेपनि सशस्त्र प्रहरीभित्र ठुलालाई चयन सानालाई ऐन भनेझै सशस्त्रमा लागु भएको छ ।

उता, आइजीपी राजु अर्याल भने आफ्ना आसेपासेलाई नजिक राखेर चियोचर्चा गरिरहेका छन् । अर्याल आइजीपी बनेपछि भनेका थिए अब सशस्त्र प्रहरीभित्रको विकृती र विसंगति भद्रगोल लामोसमयसम्म सरुवा नभएका र पीडीत भएका प्रहरीहरुलाई न्याय दिने भनेता पनि हालसम्म कयौं प्रहरी अधिकृतहरु केन्द्रमा बर्षौ बर्ष बस्दा पनि ती प्रहरीहरुलाई आइजीपीले अन्यत्र सरुवा गर्न सकेका छैनन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *