आठ दलीय गठबन्धनमा क–कसको गन्ध
काठमाडौं । राजनीतिक दलहरुले राष्ट्रपति पदलाई प्रतिष्ठाको विषय बनाएका छन् । आठदलीय गठबन्धनभित्र भएका नौरंगीको कारणले नेकपा एमाले ढुक्क भएको छ । कांग्रेसभित्रको जनजाति समूह र नेकपा माओवादी भित्रको जातिवादी शक्तिको व्यवहारले शंका बढाएको छ । पहिलो संविधानसभामा रहेका जनजाति समूहलाई हटेका दिन क–कसको कार्यालयमा हाजिर गराएर एक हजार भत्ताको प्रबन्ध गर्ने युरोपेली युनियन सम्वद्ध देशका क्रिश्चियानिटी समूहले हो ।
त्यसले तत्कालीन सभाध्यक्ष सुभासचन्द्र नेम्वाङलाई प्रयोग गरेकोले कांग्रेसले उम्मेद्वार बनाएको बाहुन वर्गका उम्मेद्वार रामचन्द्र पौडेल संकटमा पर्ने हुन् कि भन्ने शंका हुँदैछ । त्यो बेला दलीय ह्वीप नलाग्ने बनाइएको थियो भने त्यसको नेता सुभास नेम्वाङ नै थिए ।
कांग्रेसभित्रै पैसाको चलखेलमा शंका गर्नु पर्ने ठाउँहरु धेरै छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको भद्रताले पौडेललाई १४औं महाधिवेशनको गुण तिर्न राष्ट्रपतिको उम्मेद्वार बनाइएको हो । कांग्रेस पार्टीभित्र पदको दाबेदार गोपालमान श्रेष्ठ, मिनबहादुर विश्वकर्मा, कृष्ण सिटौला थिए । सिटौला अहिले पनि सांसद छैनन् । सिटौलाको टिमका संघीय संसदमा प्रदीप पौडेल छन् भने प्रदेश स्तरमा बाग्मती प्रदेशमा ३, प्रदेश १ मा ५ जना सांसद रहेका छन् । संविधानमा धर्म निरपेक्ष राख्ने काम यिनै सिटौला र सुभास नेम्वाङले गरेका थिए ।
नेपाली राजनीतिमा विदेशीको चासो धेरै छ । नेपाली राजनीति बुझ्ने भारतका एसडी मुनिले राष्ट्रपतिको लागि चयन गरेको नाममध्ये एमाले उम्मेद्वार सुभाषचन्द्र नेम्वाङको थियो । राष्ट्रपति पदलाई कार्यकारी पदमा लैजाने काम शुरुबाटै भएको छ । कांग्रेसका नेता डा.रामवरण यादव एमालेकी विद्यादेवी भण्डारीले स्वतन्त्र ढंगले राष्ट्रपतिको भूमिका निर्वाह गरिनन् । डा.यादवले त अहिले पनि वार्षिक ५० लाख राज्यको चुना लगाएका छन् । उनी गरिब छैनन् । उपत्यकाभित्र घर नभएर डेरामा बसेका बासिन्दा परेनन, तर राज्यबाट २५ लाख औषधि उपचारका नाममा लिएका छन् । जबकि उनी आफैं डाक्टर हुन् ।
राज्यको स्रोतबाट घरभाडा १ लाख ९२ हजार ६० हजार मासिक भत्ता बिजुली, पानी, पत्रपत्रिका, इन्टरनेट मात्र होइन गाडीको मासिक २०७ लिटर इन्धन, उपसचिवस्तरको कर्मचारी स्वकीय सचिव, कार्यालय सहयोगी, सवारी चालक २१ जना सैनिक समेतको खर्च वर्षमा ५० लाख रहेको छ । त्यही सुविधा र सानको कारण राष्ट्रपति पदप्रति आकर्षण बढेको देखिन्छ । देश र जनताको पिडामा डा.रामवरण यादव चिन्तत थिए । रामवरणले आफ्नै घरमा बस्छु । अनावश्यक भड्किलो सेवा सुविधा लिन्न भन्न सक्थे, तर उनी काग्रेस हुन् ।
कांग्रेस भनेको यो मुलुकमा आर्थिक रुपमा तहसनहस बनाउने पार्टी हो । यही कांग्रेसबाट सिकेका एमाले र माओवादी पार्टीका नेताले कम्युनिष्टको ख्याल गरेनन् । देशघाती नेताले पनि जनतालाई पिडा माथि पिडा थपेका छन् । राष्ट्रपति पदको गरिमा राख्न सकेनन् र दलका नेतालाई भ्रष्टाचारी, बिचौलिया र माफियाले ध्वस्त बनाएका छन् । नेतालाई चासो छैन ।
राष्ट्रको गरिमा बचाउने भन्दा ध्वस्त पारेर आफ्नो गुटगत स्वार्थमा रमाएको कम्युनिष्ट शक्ति नेकपा एमालेको लागि सुभास नेम्वाङजस्ता अर्काे पात्र भएन । संविधान जारी गर्दैमा धर्मनिरपेक्षता प्रवेश गराएर नेम्वाङलाई राष्ट्रपतिको चुनाव जिताउन अहिले पनि क्रिश्चियानिटीको फण्ड परिचालन भएको त छैन ? किनकि वर्तमान संसदमा कांग्रेस, एमाले, माओवादी, मधेसवादीभित्र जातीयता र धार्मिक विचलन पैदा गराउने शक्ति सक्रिय छ । रुपजस्तो सुकै होस्, त्यस्तो शक्तिले नेपालीहरुको आन्तरिक सद्भाव भत्काएका छन् ।
कम्युनिष्यट पार्टीलाई देशभक्त प्रगतिशील राष्ट्रवादी मान्न सक्ने अवस्था अब रहेन । त्यो शक्तिभित्र गुट उपगुटको पहिचान गराएर पैसाको चलखेलमा राजनीतिक एजेण्डा तयार गर्ने पार्टीका कार्यक्रमलाई एनजीओ र आईएनजिओ निर्भ गराउने काम भएका छन् । एमालेको अहिले चलिरहेको मिसन ग्रासरुट त्यसकै एउटा अंग हो । सत्ता सुखमा रमाउने कांग्रेसको गोटी बनेका माओवादी अध्यक्ष प्रचण्ड दाहाल र समाजवादीका माधवकुमार नेपाल आफु इमान्दार भएर पुग्दैन । एमालेको वार्दली सिद्धान्तले दुबै नेतालाई हराएको छ ।
मुलुकको वामपन्थी जनमतलाई भड्काएको हो । यहाँ दोषी सबै वामपन्थी नेता छन् । राष्ट्रिय सभाका ५९, संघीय संसदका २७५, प्रदेश सांसद ५५० यो निर्वाचनको मतदाता रहेका छन् । राष्ट्रिय जनगणता २०७८ को नतिजा प्रकाशन नगरी संघीय संसदको दुबै सदनका १ सांसद बराबर ७९ अंक प्रदेश सभाका १ सांसद बराबर ४८ अंकको अनुपातमा राष्ट्रपतिको मतगणना हुन्छ । राष्ट्रपतिको निर्वाचन भोलि देशभर हुँदैछ भने उपराष्ट्रपतिको निर्वाचन चैत ५ गतेलाई तोकिएको छ ।
एमालेसँगको गठबन्धनका राप्रपा र रास्वपा बाहेका सबै दल सत्ता गठबन्धनतर्फ केन्द्रीत छन् । केही स्वतन्त्र सांसदले समेत कांग्रेसले अगाडि सारेका उम्मेद्वार रामचन्द्र पौडेलको पक्ष लिएका छन् । तर एमालेले कांग्रेसबाहेक सबै दल र स्वतन्त्र सांसदलाई पत्र पठाएर मत माग्दा रामचन्द्र पौडेलले व्यक्तिगत पत्र पठाएर मत मागेका छन् । राजनीतिक रुपमा सत्ता गठबन्धन बलियो भएपनि भित्रि रुपमा त्यस्तो देखिँदैन । गठबन्धन भित्रको शक्ति सन्तुलन विदेशीबाट सञ्चालित हुने हुँदा एमाले बलियो छ । (तामाकोशीसन्देशबाट)