स्ववियुका नवनिर्वाचित नेताहरु विद्यार्थीको हकहितमा लाग्छन् कि कमाउ धन्दामा

राजनीति समाचार

काठमाडौं । विगत लामोसमयदेखि स्ववियु निर्वाचन हुननसक्दा अधिकांश क्याम्पसहरुमा असर परेको थियो । त्यो सँगै कतिपय विद्यार्थीहरुले समस्याहरु पनि भोग्दै आएका थिए । जे होस् १४ बर्षपछि गत शनिबार स्ववियु निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचन सम्पन्न भएपछि अधिकांश स्थानमा मिश्रित परिणाम आएको छ ।

दश दलिय गठबन्धन गरेर निर्वाचनमा होमिएका विद्यार्थीहरुले यतिखेर विभिन्न क्याम्पसबाट अध्यक्ष, सचिव, कोषाध्यक्षदेखि अन्य सदस्यहरु विजयी भएका छन् । लामोसमयदेखि हुन नसकेको स्ववियुको निर्वाचन सम्पन्न भएतापनि अधिकांश विद्यार्थीको समस्याको समाधान भने भएको छैन् । किनकी विगत लामोसमयदेखि विद्यार्थीहरुको नेता बनेर आफै कमाउ धन्दामा लाग्ने र अधिकांश विद्यार्थीहरुको हकहित र अधिकारको बारेमा आवाज उठाउने गरिएको थिएन ।

खाली स्ववियु नेता बन्ने, उथी्रपुर्तिको धन्दामा लाग्ने, महंगंीकोविरुद्ध आवाज उठाउन नसक्ने, विभिन्न क्याम्पसमा भएगरेका विकृत र विसंगतिको बारेमा बोल्न नसक्ने, राजनीतिक दलको छत्रछाँयामा रमाउने जस्ता कामहरु विद्यार्थी नेताहरुले गर्दै आएका थिए ।

तर, नवनिर्वाचित विद्यार्थीका नेताहरुले विगतका विद्यार्थी नेताहरुले गरेजस्तै आफ्नो कार्यकाल बिताउने हुन् कि नयाँ जोशजाँगरका साथ विद्यार्थीहरुको बारेमा आवाज बुलन्द गर्ने हुन् त्यो भने हेर्न नै बाँकी छ ।(तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *