कांग्रेस सत्तामा जान्छ अनि फण्डा मच्चाउने गर्छ

राजनीति समाचार

काठमाडौं । नेपाली जनताले निरंकुश राजतन्त्रविरुद्ध आन्दोलन गरेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका थिए । अहिले त्यो लोकतन्त्रलाई नेपालका राजनीतिक दलहरुले कमाई खाने भाँडे बनाउँदै छन् । नेपाली जनतामा राजनीतिक दलप्रति वितृष्णा जाग्दै छ । जब नेपाली कांग्रेस सत्तामा जान्छ अनि देशमा उद्योगधन्दा खोल्नुपर्नेमा त्यो नगरी सञ्चालमा रहेका उद्योग धन्दाहरुलाई कार्यकर्तालाई जागिर खुवाउने र नेताहरुले मोजमस्ती र भ्रष्टचार गर्ने थलो बनाउने गर्दछ ।

त्यस कारणले गर्दा भएका उद्योगधन्दाहरु पनि बन्द भएका थिए । तत्कालीन नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला धमिजा र लाउडा जस्ता काण्ड मच्चाएर चर्चाको शिखरमा आएका थिए । गिरिजाप्रसाद कोइरालाको स्वर्गारोहणपछि बनेको नेपाली कांग्रेस नेतृत्वको सरकारमा स्व.सुशिल कोइरालाको नेतृत्वमा बनेको सरकारले राम्रो काम गर्न नसकेपनि देश र नेपाली जनताको विरुद्धमा त्यति नराम्रो काम भने भएका थिएनन् । तर, नेपाली कांग्रेसकै नेताको रुपमा उदाएका हालका पार्टी सभासपति शेरबहादुर देउवा भने जब सत्तामा पुग्छन् अनि एउटा न एउटा फन्डा मच्चाइहाल्छन् ।

उनले कहिले दरबारमा लगेर त प्रजातन्त्रलाई बुझाउने काम गरे भने कहिले माओवादीलाई दबाउने नाममा माओवादी नेताको टाउकाको मूल्य पनि तोक्ने काम गरे । त्यसैगरी शेरबहादुरको कार्यकालमा वाइडबडीलगायत विभिन्न भ्रष्टाचारका काण्डहरु पनि नमच्चिएका होइनन् । त्यस्तै अहिले नक्कली भुटानी शरणार्थीको नाममा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपसमेत लागिरहँदा तत्काली नेपाली कांग्रेसकै नेतृत्वमा बनेको सरकारका गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेको घटनाले पनि पुष्टि गर्दछ ।

जब नेपाली कांग्रेस सरकारमा जान्छ अनि त प्रजातन्त्रको नाममा अनेक धन्दा सुरु हुन्छ । कहिले कर्मचारी सरुवा बढुवामा खेलोफड्को गर्ने त कहिले प्रहरी आइजीपी बनाउने नाममा खेलोफड्को गर्ने जस्ता धन्दाहरु पार्टी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजुर राणालाई आरोप लाग्ने गरेको छ । तर, यस्ता आरोप प्रत्योरोप लागिरहँदा अहिले नेपाली कांग्रेसले खण्डनसमेत गर्न सकेको छैन । त्यस्तै नेपाली कांग्रेसभित्र पनि तल्लोतहका कार्यकर्तादेखि माथिल्लो निकायका भ्रातृ संघ संगठनहरुले पनि शेरबहादुर खेमाका नेताहरुको विरोध गर्न थालेका छन् । यसरी कांग्रेसभित्रकै संस्थापन र इतर पक्षबीच लडाईं चलेपछि पार्टीको भविष्यमाथि प्रश्नचिन्ह खडा हुन थालेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *