काठमाडौं उपत्यका प्राधिकरणमा जानुका ढकालको मस्ती

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । तत्कालीन सचिव रमेश सिंह दाहिना हुँदा नवनारी पत्रिका चलाउने जानुका ढकाललाई काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा नियुक्ति गरियो । जबकी यो सहसचिव तहका कर्मचारीले ह्याण्डल गर्नुपर्ने पद हो । उपत्यका विकास प्राधिकरण ऐनअनुसार नेपाल सरकारले विशिष्ट श्रेणी वा सो भन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रमा लब्ध प्रतिष्ठित कुनै व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखको रूपमा विकास आयुक्तमा नियुक्त गर्ने व्यवस्था छ ।

तर ऐन,कानुनलाई धज्जी उडाएर रमेश सिंहको डिजाइनमा विज्ञापन आह्वान गरियो र सोही अनुसार आयुक्त खान सफल भइन जानुका ढकाल । विज्ञापन गरिँदा मान्यताप्राप्त विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङ, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र वा कानुनमा कम्तीमा स्नातकोत्तर योग्यता भएको हुनुपर्ने भनेर दरखास्त आह्वान गरियो । जानुकाकै नियुक्तीका लागि यसरी विज्ञापन गरिएको थियो । जबकी प्राधिकरणको ऐन जिउँदै छ, त्यहाँ प्रष्टसँग लेखिएको छ योग्यता सम्बन्धी व्यवस्था ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार कार्यकारी प्रमुखका लागि कम्तीमा नेपाल सरकारको विशिष्ट श्रेणी वा सो भन्दामाथि पदमा काम गरिरहेको वा काम गरिसकेको व्यक्ति चाहिन्छ । तर रमेशहरुले ऐन नै कुल्चिएर जानुकालाई नियुक्ति दिन भ्याए । यो त्यही ठाउँ हो, भाइकाजी तिवारीजस्ता खारिएका प्रशासकले कमाण्ड गरेको संस्था हो यो । तिवारी नेतृत्वको प्राधिकरणले चार सय किलोमिटर सडक विस्तार गरेपछि उपत्यकाका मुख्य सडकको कोलाहल केही हदसम्म नियन्त्रण भएको थियो ।

फुटकरबाहेक धोविखोलाको करिडोर निर्माण, विपद व्यवस्थापन पार्क, सार्वजनिक जग्गाको संरक्षण उनको पालामा साकार भएका थिए । यसबाहेक तिवारीले चार वटा ठाउँमा स्मार्ट सिटी निर्माण, बाहिरी चक्रपथ बनाउने र खोला करिडोर निर्माणको योजना अघि सारेका थिए । स्मार्ट सिटी निर्माणमा ३० अर्ब लगानी गर्न पाँच वटा बैंक तयार भइसकेका थिए । तर यी सबै गर्भमै तुहिए । काठमाडौं उपत्याकाभित्रका नगरपालिकाहरुसँग समन्वय गरेर काम गर्नुपर्ने निकायमा मापदण्डै नपुग्ने जानुकाको नियुक्तिले धेरैलाई आश्चर्यमा पारेको छैन कि कच्चा जानुकालाई काठामाडौंका मेयरहरुले नटेर्ने गरेका आवाज सुनिन थालेको छ ।

शहरीकै एक उपसचिवले भने, उनको नियुक्तिमा शहरी विकास मन्त्री प्रभु शाहले नै चासो राखेको बुझिन्छ । सचिव डा. रमेश प्रसाद सिंहले नै उनको फाइल बोकेर हिडेका कारण नियुक्ति सफल भएको हो । ढकाल र सचिव सिंहको निकटता पहिलेदेखिकै हो । सरकारी कामहरूमा उनको कम्पनीले प्रोजेक्ट हात पार्दा सचिव सिंहसँग सम्बन्ध जोडिएको एक उपसचिवले जनाए । ढकालका हरेक जसो कार्यक्रममा डा. सिंह अतिथी हुन्थें उनै सिंह सर्च कमिटीका संयोजक थिए र ढकाललाई च्यापेर उपत्यका विकास प्राधिकरणको आयुक्त (राज्यमन्त्रीसरहको ) जिम्मेवारीमा लगिएको थियो ।

यसरी नियुक्त भएकी ढकालले अहिले संस्था र देशको हितमा भन्दा पनि आफ्ना व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर काम गर्दै छिन् । त्यसको पछिल्लो उदाहरण हो भक्तपुर जग्गा एकीकरण आयोजनाको स्वामित्वमा रहेको ४२५७ नम्बरको सिल्भर कलरको सरकारी स्कोरपियो गाडी प्रमुख आयुक्त ढकालले नियम–कानुनको खिल्ली उडाउँदै निजी प्रयोजनका लागि श्रीमान विनोद पछाईलाई प्रयोग गर्न दिनु । जानुका प्राधिकरणमा पुगेपछि पछिल्ला २ बर्षका निर्णयहरु खोतल्ने हो भने अख्तियार दुरुपयोग भएका सयौंं भेटिन्छ, प्राधिकरणका एक कर्मचारीले भने ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *