अध्यक्ष ओलीकै कारण राष्ट्रियसभा खाली

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको छुद्रता र धुत्र्याइँको सिकार राष्ट्रिय सभाको फागुन २० मा खाली हुने २० सिटमा नेकपा एमालेको ठाउँ देखिँदैन । एमालेका ८, कांग्रेसका ४, माओवादी ३, एकीकृत समाजवादी २, जसपा १, स्वतन्त्र १, मनोनित १ गरी २० सिटको लागि हुने निर्वाचनमा राजनीतिक दाउपेच चर्काे छ ।

राष्ट्रियसभामा एमाले १७, माओवादी १५, कांग्रेस १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राजमो १ र स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित ३ जना रहेका छन् । सत्तारुढ दलहरुका बिचमा भागवण्डाका लागि बहस शुरु भएको छ । विगतमा १० जना मात्र सांसद भएको कांग्रेसले १० सिट पाउनेछ । यो चुनावमा संघीय संसद र प्रदेश सांसदको ५३ स्थानीय तहका प्रमुख, उपप्रमुखको १९ मतभार रहेको छ ।
वामपन्थी मिल्दा हिजो कमजोर भएको कांग्रेस आज बलियो बन्दैछ ।

एमाले ८ सिट गुमाएर ७ सिटमा खुम्चँदैछ । अरुको अस्तित्व स्वीकार्न नसक्ने एमालेका अध्यक्ष केपी ओलीकै कारण वामपन्थी सहकार्य भत्केको थियो । राष्ट्रियसभाको माघमा निर्वाचन हुनेछ । कानूनतः एक महिना पहिले निर्वाचन गर्नुपर्नेछ । सरकारमा भएर पनि जनमत नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादीले यो निर्वाचनमा भाग पाउने छैनन् ।

मत धेरै नभए पनि दाबी गर्न छाडेका छैनन् । एमाले आफ्नै रमाइलोमा छ । एमालेको गठबन्धनमा राप्रपा र रास्वपा सहभागी हुने नहुने बारेमा निश्चित छैन । राप्रपा सत्तापक्षमै जोडिन सक्छ । गृह मन्त्री पाए सत्तामा फर्कने रवि लामिछानेको रहरले पनि रास्वपाको सम्बन्ध एमालेबाट टाढिँदैछ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *