कांग्रेसभित्र असन्तुष्टी हटेन

राजनीति समाचार

काठमाडौं । भागवण्डाकै कारण कांग्रेसको निर्णयहरु विवादमा पर्ने गरेको छ । जतिसुकै आदर्श र सिद्धान्तको कुरा गरेपनि स्वार्थमा जोडिएको विषयमा युवा नेताहरु नै तल्लीन रहेको पाइन्छ ।

न्यायाधीश नियुक्ति गर्दा होस् वा संवैधानिक नियुक्तिको भागवण्डा खोजेर होस् पार्टीमा युवाहरुकै लोभ बढी देखिन्छ । डा.शेखर समूहका महामन्त्री गगन थापा हुन् या सिटौला समूहका प्रदीप पौडेल नै किन नहुन्, बोल्न छाडेका छैनन् । कांग्रेसले त्यस्ता नयाँ अनुहार ल्याएन । माओवादीले जात, क्षेत्र र भेगको प्रयोग ग¥यो तर त्यो प्रयोग अन्य दलहरुले गर्न सकेनन् ।

सभापति देउवाले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेलाई कमजोर बनाएर शक्ति सन्तुलन मिलाउन सत्ता गठबन्धन जरुरी ठान्नु स्वभाविक हो । कांग्रेसका कथित युवाले समेत गुन र नुन नचिनेर बोलेका छन् । कांग्रेसले एक्लै लडेर जित्ने सिट भनेको १७ थियो ।

तर उसले समानान्तर शक्ति एमालेको सल्बलाहटको अनुशरण गर्न सकेन् । तरपनि कांग्रेसले युवाको बखान लगाइरहेको छ । एमाले गठबन्धनको तयारीमा भएको बुझेर संस्थापनले १० सिट कब्जा गर्न सहज ठानेको हो । एमाले कमजोर हुनुमा केपी ओलीको कमजोरी र ठूलो हात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *