एआईजी बन्न नपाउँदा पिरलो !

राजनीति समाचार

काठमाडौं । बाबु ध्रुवलाल प्रधान बन्दीपुर गाउँपालिकाका अधयक्षमा पराजित, कांग्रेसभित्र डा.शेखर समूहको विश्वासी, तर बुढानिलकण्ठले नपत्याएको तनहुँको नेताका छोरा किशोर प्रधान भने कांग्रेसकै अर्थमन्त्री डा.प्रकाशशरण महतका कारण एआईजी हुन् सकेनन् । सशस्त्रमा उनी वरिष्ठ डिआईजी हुन् । सरकारले फौजीको एआईजी र डिआईजीको म्याद एक वर्ष थप्न सक्छ । उमेरहदभन्दा सेवाको हदलाई नै प्रहरी र सशस्त्रमा प्रमुख मानिन्छ ।

सशस्त्रका आईजीपी राजु अर्याल, एआईजी नारायणदत्त पौडेलले तालिम केन्द्रमा एआईजीको दरबन्दी थप्न गृहमन्त्रीलाई कन्भिन्स गरे, फाइल पठाए । गृहले सदर ग¥यो, स्वीकृतको लागि अर्थमा पठायो । तर अर्थबाट डिआईजी प्रधानको फाइल सदर भएन । एक वर्ष म्याद थप नभएको भए प्रधान माघ ९ मा घर जान्थे । म्याद त एक वर्ष थप भयो । यो एक वर्षमा एआईजी बन्ने भाग्य खोलिएला भन्ने छैन ।
पैसाको कुम्लो नहुँदा फौजमा वरिष्ठताले केही हुँदैन भन्ने उदाहरण नेपाल प्रहरकिो एआईजी सन्दीप भण्डारी हुन् ।

उनी एसएसपी हुँदासम्म पहिलो थिए । जब डिआईजी बढुवाको कुरा आयो, ब्रिफकेश बुझाएर बुढानिलकण्ठ दरबारबाट बसन्त कुँवरलाई एआईजी बनाइयो । भण्डारी आठौं नम्बरमा थन्किएपनि पछिल्लो चरणमा एआईजी त भए, तर सत्ता शक्तिको पेलाईमा कार्य विभागबाट तालिम केन्द्रमा खेदिए । उनलाई एमालेको ट्याग लगाइयो । उनका दाजु कोशी प्रदेशसभाको तत्कालीन सभामुख हाल सांसद छन् ।

यस्तै स्थिति सशस्त्रमा किशोर प्रधानको भएको छ । पिता ध्रुवलाल प्रधान कांग्रेसी राष्ट्रपति रामचन्द्र पौडेलदेखि सांसद शंकर भण्डारी, प्रदीप पौडेल उपचुनाव हारेका गोविन्द भट्टराईजस्ता नेता त साथी हुन् । तर पिताको सम्बन्ध देउवा दरबारसम्म नहुँदा पुत्रले एआईजी हुने सपना पुरा गर्न पाएनन् । प्रहरीमा किशोर विवादरहित होलान् तर उनले सम्बन्ध विस्तार गर्न भने नसकेकै कारण आफ्ना कुरा आफ्नै नाता सम्बन्धका गृह तथा उपप्रम नारायणकाजी श्रेष्ठ समक्ष राख्न नसक्नु झन् कमजोरी हो । संगठनको तर्फबाट आईजीपी राजु अर्यालले किशोरलाई आफ्नै सचिवालयमा राखेर काम दिनु नै ठूलो कुरा हो भन्ने सोच्नुपर्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *