मर्जर भएका ठूला बैंकहरु धरापमा पर्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । अधिकांश बैंकहरु मर्जर भएपछि ती बैंकमा कार्यरत कर्मचारीहरु छटपटाउन थालेका छन् । बैंकहरु एक आपसमा गाभिएपछि कतिपय कर्मचारीहरु कटौतीमा परेका थिए । कटौतीमा नपर्ने कर्मचारीहरु मर्जर भएको बैंकमा कार्यरत भए तापनि एक बैंक र अर्को बैंकबाट आएका कर्मचारीबीच सिनियर र जुनियरको पोटफोलियो नमिल्दा विवाद हुने गरेको छ । कर्मचारीबीचको विवादसँगै बढुवा हुनको लागि पनि विवाद हुने गरेको छ । त्यसकारणले पनि अधिकांश मर्जर अथवा बिलय भएका बैंकहरुमा यतिबेला कर्मचारीबीच ठूलो विवाद देखिएको छ ।

त्यसले कर्मचारीहरुको वृत्तिविकास र सरुवा, बढुवामा समेत वाधा पु¥याएको छ । त्यति मात्रै होइन, मार्केटिङ अफिसरदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नको लागि पनि लडाइँ हुने गरेको छ । कर्मचारीबीचको लडाईंँले गर्दा अधिकांश प्राइभेट रुपमा सञ्चालित बैंकहरु धरासायी बन्दै गएका छन् । धरासायी बन्दै जाने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, एनसीसी र कुमारी बैंक, सनराइज लक्ष्मी बैंक, हिमालयन बैंक, सिभिल बैंक, महालक्ष्मी बैंकलगायत रहेका छन् । यी बैंकहरुले धितो राखी लगानी गरेको ऋण पनि समयमा उठाउन सकेका छैनन् ।

बैंकका लोन शाखा प्रमुखहरुले पनि गतिलो, भपर्दो धितो राखेर ऋण प्रवाह गर्न सकेका छैनन् । अधिकांश बैंकहरुले कमिसनको आडमा कमसल धितो राखेर ऋण दिएका कारण पनि लगानी असुल गर्न सकेका छैनन् । सरकारी बैंकहरुमा सर्वसाधारणले ऋण लिनुपर्दा तलदेखि माथिसम्मका कर्मचारीहरुलाई जीहजुरी गर्नुपर्ने मोटो रकम घुस खुवाउनुपर्ने कारणले पनि अधिकांश ऋणहरुले प्राइभेट बैंकबाट ऋण लिने गरेका छन् । तिनै प्राइभेट बैंकहरुले अहिले सर्वसाधारण जनताको उठिवास लगाउँदै छन् । ऋणीले लिएको पैसाभन्दा बढी रकमको कागज बनाउने र ब्याज सावा जोडी लिएको भन्दा चार गुणा बढी तिर्नुपर्ने बनाउने गरेका छन् ।

अधिकांश प्राइभेट बैंकहरुले कमिसनको लागि ऋणीलाई दिएको रकम उठाउन विभिन्न हतकण्डा अपनाएर तहसनहस बनाउने काम गर्दछन् । अहिले एकातिर आर्थिक मन्दीको चपेटा देखाइएको छ भने अर्कोतिर बैंकहरुले लगानी गर्न सकेका छैनन् । यतिबेला अधिकांश घरजग्गा कारोबारी र व्यापारीहरुले बैंकबाट ऋण लिन हिचकिचाइरहेका छन् ।

लगानीको वातावरण नभएपछि सरकारी बैंकहरुमा पनि पैसा त्यसै थुप्रिएर बसेको छ । लगानी नभएको कारण अहिले बैंकहरुले धमाधम मुद्दतीमा राखेको पैसाको ब्याज घटाउन थालेका छन् । उता ऋणीहरुले ऋण तिर्न नसक्दा बैंकहरुले धितो लिलामीको सूचना धमाधम जारी गर्न थालेका छन् । बैंकहरुले धितो लिलामीको सूचना जारी गरे तापनि सो धितो राखेको घरजग्गा हम्मेसी विक्रीवितरण हुने गरेको छैन ।

त्यसकारणले पनि बैंकहरु धरासाही बन्दै गएका छन् । उता बैंकका सञ्चालकहरुले आफन्तलाई कार्यकारी अधिकृत सीइओ बनाउने र बढी तलब सुविधा दिने कारणले पनि बैंकहरु घाटामा जाने गरेका छन् । निक्षेपकर्ताबाट विभिन्न बहानामा पैसा उठाउने र सञ्चालक र सिइओहरु मोटाउने कारणले पनि नेपालका बैंकहरुप्रति सर्वसाधारणको विश्व घट्दै गएको छ । बैंकहरुले चेक बुक, मोबाइल बैंकिङ, एटिएम, क्यूआर कोर्ड, सेवा शुल्क भन्ने जस्ता शीर्षकबाट सिस्टममा राखेर निक्षेपकर्ताले थाहा नपाउने गरी खातामा भएको पैसा असुलीरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *